काठमाडौं । भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका ५ सल्लाघारीकी स्थायी बासिन्दा संगिता बस्नेत कार्कीले आफ्नो श्रीमान अच्युत कार्कीको जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी उपहार दिएकी छन् । पछिल्लो समयमा विभिन्न अनुपयोगी उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा कार्कीले फरक ढङ्गले जन्मदिन मनाउने उद्देश्यले बीमा पोलिसी उपहार दिएकी हुन ।
श्रीमानलाई उपहार दिँदै फजुल खर्चको सट्टा आर्थिक समृद्धि र जीवनमा आईपर्ने जोखिम न्युनिकरणको लागि जीवन बीमा गर्नु ठिक रहेको बताइन् ।
उनले सिटिजन लाइफको सिटिजन शुभारम्भ योजनामा नामक पोलेसी फाईल उपहार स्वरुप दिइन् । सिटिजन शुभारम्भ योजनामा सात वटा अतिरिक्त सुबिधा रहेका छन् । बीमाको माध्यमले बचत सङ्गसङ्गै आफ्नो जीबनमा आइपर्ने आर्थिक जोखिम समेत बहन गर्ने भएकाले सिटिजनको यो योजना सबैको छनोटमा पर्ने गरेको छ ।
संगिता बस्नेत कार्की सिटिजन लाइफ सुर्यविनायक शाखामा कार्यरत सफल एजेन्सी म्यानेजर हुन् ।
जन्म दिनको अवसरमा यो रचनात्मक काम सुरु गरेकोमा सुर्यविनायक शाखाकी शाखा प्रमुख प्रमिला प्रजापतिले कार्कीलाई बधाई तथा बीमित अच्युत कार्कीलाई पोलेसि हस्तान्तरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरिन् ।

















