काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (प्रचलित मूल्य) मा बीमा क्षेत्रको अनुपातमा क्रमशः वृद्धि हुँदै गएको छ। पछिल्लो ३ वर्षयता कुल गार्हस्थ उत्पादनमा बीमाशुल्कको अनुपात ३.४१ प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९।८० को कुल गार्हस्थ उत्पादनमा कुल बीमाशुल्कको अनुपात ३.४१ प्रतिशत रहेको थियो। यो अनुपात अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा ३.४७ प्रतिशतबाट बढेर गत आर्थिक वर्ष २०८१।८२ मा ३.७२ प्रतिशत पुगेको हो।
गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा जीवन बीमाको अनुपात २.९ प्रतिशत र निर्जीवन बीमाको अनुपात ०.७४ प्रतिशत रहेको थियो।

















