IME Life New

बंगलादेशमा निर्जीवन बीमकको दबाबमा एजेण्ट कमिशन खारेज, निम्त्यायो विवाद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा बीमा विकास तथा नियामक प्राधिकरण (आइडिआरए) ले निर्जीवन बीमा व्यवसायमा अभिकर्ता कमिशन शुन्य प्रतिशतमा झार्ने निर्णय गरेपछि विवाद निम्त्याएको छ।

बंगलादेश बीमा संघको दबाबमा आइडिआरएले यस्तो निर्णय गरेको भन्दै अभिकर्ता संघले चर्को विरोध जनाएका छन् ।

Esewa
Crest

बंगलादेशमा बीमा कानूनले व्यक्तिगत अभिकर्ताको मध्यस्तता बिना  कसैले पनि बीमा व्यवसाय सङ्कलन गर्न सक्दैन। यसका साथै, बीमा कानूनमा इजाजतपत्र प्राप्त अभिकर्ता बाहेक अन्य कुनै पनि व्यक्तिलाई कमिसन वा अन्य कुनै पारिश्रमिक दिने व्यवस्था छैन।

संघले यस कानूनको उल्लङ्घन गर्दै एजेन्ट कमिसनलाई शून्य प्रतिशतमा झार्ने प्रस्ताव गरेकोमा  छ। बीमा विकास तथा नियामक प्राधिकरणले अवैध प्रस्तावलाई स्वीकार गर्दै अभिकर्ता  कमिसनलाई शून्य घोषणा गर्ने निर्णय गरेको हो।

नियामक निकायले सबै निर्जीवन बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै  अभिकर्ता कमिसन रद्द घोषणा गर्नुअघि अभिकर्ता लाइसेन्स निलम्बन गर्न प्रस्ताव माग गरेको छ। यो प्रस्ताव पेश गर्ने अन्तिम मिति डिसेम्बर ५ तारिख तोकिएको छ। बंगलादेश इन्स्योरेन्स न्युजले लेखेको छ, बीमा ऐन र नियमावलीमा अभिकर्ता लाइसेन्स “निलम्बन” गर्ने कुनै व्यवस्था छैन।

‘बीमा अभिकर्ता नियुक्ति, दर्ता तथा इजाजतपत्र नियमावली-२०२१’ अझै पनि लागू रहेको अवस्थामा अभिकर्ता कमिसन फेरि रोक्न प्रस्ताव गरेको छ, जुन कानून विपरीत छ।

स्रोतका अनुसार, बीआईएका अध्यक्ष सईद अहमदले नोभेम्बर १८ मा आईडीआरएलाई पत्र पठाएर व्यक्तिगत अभिकर्ता कमिसनलाई शून्य प्रतिशतमा झार्ने अनुरोध गरेका थिए। यो पत्रको प्रतिलिपि कार्यकारी समितिका कुनै पनि सदस्य वा कुनै पनि कम्पनीलाई दिइएको थिएन। कार्यालय प्रतिलिपि पनि नराखिएको बंगलादेश इन्स्योरेन्स न्युजले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS