IME Life New

बीमा प्राधिकरणको निर्देशनले ‘एकल बीमाशुल्क’ बीमालेख बेचेका अभिकर्ता अन्याैलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्र नविकरण गर्न बीमालेख नविकरण दर निर्धारण गरेर सोमबार पाँच बुँदे परिपत्र जारी गर्‍यो। प्राधिकरणले अभिकर्ता इजाजत पत्र नविकरणका लागि १ वटा बीमालेखमा नघट्ने गरी कम्तीमा १ प्रतिशत बीमालेख नविकरण हुनुपर्ने शर्त तोकेको छ।

बीमा नियमावली २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) को व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले यस्तो प्रावधान ल्याएको हो। नियम ४३ मा अभिकर्ता इजाजत पत्र नविकरणका लागि प्राधिकरणले तोकेको प्रतिशतमा बीमालेख नविकरण भएको प्रमाण अभिकर्ताले पेश गर्नुपर्ने प्रावधान छ।

Esewa
Crest

प्राधिकरणको यो प्रावधानले एकल बीमाशुल्क बीमालेख मात्र बेचेका अभिकर्ताको बीमालेख नविकरण हुने कि नहुने भन्ने स्पष्ट हुनसकेको छैन । एकल बीमाशुल्क बीमालेख मात्र बेचेका अभिकर्ता इजाजत पत्र नविकरण नहुने पो हो की भन्ने अन्याैलमा छन् । किनकी एकल बीमाशुल्क बीमालेखमा बीमा अवधि भरका लागि बीमितले जम्मा एक पटक बीमाशुल्क भुक्तानी गरेका हुन्छन्। यस्तो बीमालेखको नविकरण आवश्यक हुँदैन।

पछिल्लो समयमा नेपालको जीवन बीमा बजारमा ‘फिक्स्ड डिपोजिट’ वा ‘सिंगल प्रिमियम’ भनेर चिनिने एकल बीमाशुल्क बीमालेखको लोकप्रियता बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने ब्याज दर ४ प्रतिशत हाराहारीमा सीमित भएपछि झनै यस्तो प्रकृतिको बीमालेखको माग बढेको हो।

गत आर्थिक वर्ष २०८१।८२ मा जीवन बीमकको नयाँ व्यवसायवापतको बीमाशुल्क(वैदेशिक रोजगार म्यादी बीमा बाहेक) आम्दानीमा यस्तो प्रकृतिको बीमालेखबाट प्राप्त आम्दानीको हिस्सा करिब २३.५२ प्रतिशत थियो। चालू आर्थिक वर्ष २०८२।८३ को कात्तिक मसान्तसम्मको प्रथम बीमाशुल्क(वैदेशिक रोजगार म्यादी बीमा बाहेक) मा यसको योगदान १७ प्रतिशत रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS