IME Life New

तामाङले विवाहमा बुहारीलाई दिए ५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विवाह तथा शुभ कार्यमा दाइजो तथा उपहारका रुपमा विभिन्न जिन्सी तथा नगद सामान उपलब्ध गराउने प्रचलनलाई छोड्दै दोलखाको बैतेश्वोर गाउँपालिका १ गैरीमुदीका डबल बहादुर तामाङले आफ्नो छोराको विवाहमा बुहारीलाई ५ लाख रुपैयाँ बीमाङ्क रकमको सुर्यज्योति धनलाभ जीवन बीमा योजना उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

विवाह भोजमा बुहारीलाई बीमा पोलिसी उपलब्ध गराउँदै आगामी दिनको भविष्य उज्जल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्य सहित बीमा पोलिसी हस्तान्तरण गरिएको तामाङले बताए ।

Esewa
Crest

सुर्यज्योति लाइफ इन्स्योरेन्समा विगत १ वर्षदेखि अभिकर्ता समेत रहेका तामाङले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै आफूहरूले अन्य जिन्सी सामानलाई कम गर्दै बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर,अधिबक्ता पम्फी भुजेल,हितैषी साना किसान कृषि सहकारी संस्था लि। का अध्यक्ष माधव प्रसाद घिमिरे,सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि। चरिकोट शाखाका प्रमुख चुडा बहादुर श्रेष्ठ, चरिकोट शाखाकी सेल्स एक्जुकेटीभ यमुना मोक्तान, एजेन्सी म्यानेजर, एजेन्सीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS