काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी माग गरेको छ। सो पदका लागि स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ बर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने जनाएको छ ।
उक्त पदका लागि ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनु पर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति मंसिर ८ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


















