IME Life New

यती ग्रुप अन्तर्गत एबीसी पदमार्गमा होटल सञ्जाल चलाइरहेको माउन्टेन लजको क्रेडिट रेटिङ कमजोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक कर्जा प्रयोजनका लागि उद्देश्यले गरिएको मूल्यांकनमा नेपाल माउन्टेन लज प्राइभेट लिमिटेडको क्रेडिट रेटिङमा कमजोर वित्तीय स्थिति, सीमित नाफा र उच्च ऋणभार मुख्य चुनौतीका रुपमा देखिएका छन्।

केयर रेटिङले दीर्घकालीन कर्जा प्रयोजनका लागि वित्तीय सबलता मूल्याङ्कनका आधारमा केयर एनपी बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था ज्यादै नाजुक रहेको संकेत गर्छ। यो कम्पनी यती एयर लाइन्स र तारा एयर सञ्चालन गरिरहेको यती ग्रुप अन्तर्गत रहेको शेर्पा हस्पिटालिटी ग्रुप भित्रको कम्पनी हो।

Esewa
Crest

रेटिङ अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७७।७८ देखि गत आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्म विस्तारै बढ्दै आए पनि नाफा अस्थिर देखिएको छ। कम्पनीले निरन्तर खुद नोक्सानी भोगिरहेको छ। एकपटक आर्थिक वर्ष २०७९।८० मा मात्र केही समय नाफा सुधारिएको थियो। लगानी प्रतिफल दर र नेटवर्थ पनि अधिकांश वर्ष नकारात्मक वा निकै थोरै रहेको छ। जसले स्रोत व्यवस्थापन प्रभावकारी नभएको संकेत गर्छ।

कम्पनीको ऋणभार निकै उच्च छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल ऋणपुँजी अनुपात ६.१९ गुणा पुगेको थियो। कम्पनी सुरु भएयताका अधिकांश वर्षमा ब्याज भुक्तानी बहन अनुपात १ गुणाभन्दा कम भएकाले कमाइबाट ऋण तिर्न कठिनाइ भोगिरहेको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा ऋण–खुद नगद आप्रवाह एक्युरल्स अनुपात ३५.३३ गुणा पुगेको थियो। यसले कम्पनीको आन्तरिक नगद प्रवाह ऋण तिर्न पर्याप्त नभएको स्पष्ट गर्छ।

कम्पनीले पर्याप्त नगद आम्दानी गर्न नसक्दा पुनर्वित्तीयकरण जोखिम पनि उच्च रहेको बताइएको छ। त्यसमाथि आयका स्रोत विविधता नमिलेकाले एकै क्षेत्रमा आधारित कारोबारमा जोखिम थपिएको छ। यी सबै कारणले कम्पनीको क्रेडिट रेटिङमा दबाब परेको र रिपोर्टले वित्तीय अवस्थालाई ‘तनावपूर्ण’ रुपमा चित्रित गरेको छ।

भविष्यमा कम्पनीले सञ्चालनबाटै ऋण तिर्न पर्याप्त नगद प्रवाह बनाउन सक्ने क्षमता प्रमुख मूल्यांकन पक्ष हुने रेटिङ संस्थाले जनाएको छ।

अन्य जोखिम

भौगोलिक जोखिम र उच्च प्रतिस्पर्धा: नेपालको होटल तथा लज क्षेत्र अत्यन्त प्रतिस्पर्धात्मक छ। पर्यटन, आन्तरिक तथा बाह्य आर्थिक अवस्था र अन्य बाह्य झट्काले सीधै आम्दानीलाई असर गर्छ। माउन्टेन लजले आफ्नो होटल अन्नपूर्ण क्षेत्रकै एक स्थानमा सञ्चालन गरेकोले भौगोलिक केन्द्रित जोखिम उच्च छ।

ब्याजदरमा उतारचढावको जोखिम: नेपालका बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा अपडेट हुने उतारचढाव ब्याजदरमा ऋण दिन्छन्। तरलता घट्दा वा मौद्रिक नीतिमा कडाइ हुँदा ब्याजदर बढ्न सक्छ। जसले कम्पनीको ब्याज भुक्तानी झन् कठिन बनाउने चेतावनी रेटिङमा उल्लेख छ। कम्पनीको उच्च ऋणभार र कमजोर नाफालाई हेर्दा ब्याजदर वृद्धि कम्पनीका लागि थप जोखिम बन्न सक्छ।

सकारात्मक पक्ष

रणनीतिक अवस्थितिको लाभ कम्पनीको प्रमुख बल भनेको यसको स्थान हो। माउन्टेन लज अन्नपूर्ण क्षेत्रमा अवस्थित छ। जहाँ अन्नपूर्ण बेस क्याम्प, घोरेपानी–पुनहिल, अन्नपूर्ण सर्किटजस्ता विश्वप्रसिद्ध ट्रेकिङ रुट नजिकै छन्।

गुरुङ सांस्कृतिक गाउँ घान्द्रुक, झिनु दाँडाको तातोपानी, पुनहिल दृश्यविन्दु र मुक्तिनाथजस्ता धार्मिकस्थल नजिक भएकाले लजले साँस्कृतिक, धार्मिक र साहसिक पर्यटन सबै समूहका पर्यटक आकर्षित गर्न सक्छ।

पोखराबाट सजिलो पहुँच भएकाले लजको बजार सम्भावना बलियो रहेको छ। यी कारणले लजलाई वर्षभर स्थिर पर्यटक प्रवेश हुने सम्भावना बढाउँछन्। जसले दीर्घकालीन सञ्चालन क्षमता र आम्दानीलाई सकारात्मक रुपमा समर्थन गर्छ।

नेपाल माउण्टेन लज प्रालि अन्तर्गत अन्नपूर्ण हिमाल क्षेत्रमा विरेथानी, तोमिजिङ, माझगाउँ, घान्द्रुक, लान्द्रुक र धम्पुसमा मध्यम स्तरको र विलासी स्तरको लज होटल सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS