IME Life New

जीवन बीमकको करिब ९% ले बढ्यो कर्मचारीको तलबभत्ता खर्च, कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)मा जीवन बीमा कम्पनीहरुको कर्मचारीहरुको तलबभत्तामा जाने खर्च बढेको छ।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा कम्पनीहरुले कर्मचारीको तलबभत्ता १ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिमा कम्पनीहरुले कर्मचारीहरुको तलबभत्तामा १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको यो शीर्षकमा जाने खर्च ८.९० प्रतिशतले बढेको छ।

Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा जीवन बीमकहरुको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ भने एउटाको घटेको छ। सर्वाधिक खर्च गर्नेमा हिमालयन लाइफ रहेको छ भने कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ।

समीक्षा अवधिमा कर्मचारीको तलबभत्तामा हिमालयन लाइफले २८ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २५ करोड ९५ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ९.९७ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफले २४ करोड ५९ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा ७.१४ प्रतिशतले घटेर २२ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ।

तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १८ करोड ८२ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १८ करोड २४ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो खर्च ३.२१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा नेसनल लाइफले १५ करोड ३२ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १४ करोड ५ लाख रुपैयाँ खर्च गरेको थियो। यस हिसाबले कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ९.०८ प्रतिशतले बढेको छ।

त्यस्तै चालु आर्थिक वर्ष प्रथम त्रैमासमा कर्मचारीको तलबभत्तामा सानिमा रिलायन्स लाइफले १३ करोड ६७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले १२ करोड २३ लाख रुपैयाँ, आइएमई लाइफले ११ करोड ४० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ११ करोड २२ लाख रुपैयाँ, सन नेपाल लाइफले ११ करोड १ लाख रुपैयाँ र सिटिजन लाइफले १० करोड ७४ लाख रुपैयाँ र आइएमई लाइफले १० करोड १४ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा सानिमा रिलायन्स लाइफले १२ करोड ६५ लाख रुपैयाँ, एलआईसी नेपालले ११ करोड ४३ लाख रुपैयाँ, आइएमई लाइफले १० करोड १४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १० करोड ७२ लाख रुपैयाँ, सन नेपाल लाइफले ९ करोड ७६ लाख रुपैयाँ र सिटिजन लाइफले १० करोड ७४ लाख रुपैयाँ र आइएमई लाइफले १० करोड २२ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी सबै कम्पनीले खर्च बढेको छ।

समीक्षा अवधिमा मेटलाइफले १० करोड ७४ लाख रुपैयाँ, एसियन लाइफले १० करोड २४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १० करोड २२ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी सबैको खर्च बढेको छ।

सर्वाधिक खर्च बढाउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो कम्पनीले कर्मचारीको तलबभत्ता खर्च १५०५३.९७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS