IME Life New

तीन महिनामा जीवन बीमकहरुको नाफा करिब रु. २ अर्ब, कुन कम्पनीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)मा जीवन बीमा कम्पनीहरुले करिब २ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ९७ करोड २४ लाख रुपैयाँ माथिको नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष२०८१।८२ यही अवधिमा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको नाफा २.५१ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा रिलायब नेपाल लाइफ रहेको छ भने नाफा वृद्धिको हिसाबले सन नेपाल लाइफ अग्रस्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ कम्पनीको नाफा बढेको छ भने ३ कम्पनीको घटेको छ।

अघिल्लो वर्षको तुलनामा रिलायलब नेपाल लाइफ, सन नेपाल लाइफ, नेपाल लाइफ, आइएमई लाइफ, एसियन लाइफ, सानिमा रिलायन्स लाइफ, नेसनल लाइफ, सिटिजन लाइफ, सूर्यज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) र मेटलाइफको नाफा बढेको छ। हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा घटेको छ।

सर्वाधिक नाफा कमाउने ५ कम्पनी

समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउने कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ। यो कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २९.६५ प्रतिशतले बढेको छ।

दोस्रो धेरै नाफा कमाउनेमा सन नेपाल लाइफ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा १६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा २३ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४४.०२ प्रतिशतले बढेको छ।

त्यस्तै नेपाल लाइफ तेस्रो धेरै नाफा कमाउने कम्पनी बनेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ४.९४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा आइएमई लाइफले १५ करोड ८३ लाख रुपैयाँ र एसियन लाइफले १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा आइएमई लाइफले १४ करोड ५० लाख रुपैयाँ र एसियन लाइफले १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा आइएमई लाइफ र एसियन लाइफको नाफा क्रमशः ९.१७ प्रतिशत र १४.७० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS