IME Life New

व्यापारसँगै मुख्य सूचकहरुमा आइएमई लाइफको प्रगति, करिब ४१%ले बढ्यो जीवन बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्ममा आइएमई लाइफले १५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्ममा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ९.१७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८६ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा २६ करोड २८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७२ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा २३ करोड २ लाख रुपैयाँ थियो।

चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४०.८२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.९९ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको असोजसम्ममा १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१.९६ प्रतिशतले बढेको छ।

शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.६७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.६० रुपैयाँ थियो। पीई रेसियो ३३.५६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७.४१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS