काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार बीमा कम्पनीहरु १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफ ले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले९५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

















