IME Life New

नेपालमा बीमा व्यापारको छलाङ, एक महिनामै ८१% ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा बीमा व्यवसाय एक महिनामै ८१ प्रतिशतभन्दा बढीले बढेको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को भदौसम्म कम्पनीहरुले ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँमा कुल बीमाशुल्क आर्जन गरेका थिए। चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। साउनको तुलनामा भदौसम्म कम्पनीहरुको व्यापार ८१.३६ प्रतिशतले बढेको हो।

Esewa
Crest

प्राधिकरणका अनुसार साउनमा जीवन बीमक (१४ वटा जीवन र ३ वटा लघु जीवन कम्पनी)ले २० अर्ब २ करोड ३ लाख रुपैयाँ र निर्जीवन बीमक (१४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमक)ले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। गत भदौसम्म भने जीवन बीमकले ३५ अर्ब ९९ करोड र निर्जीवन बीमकले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। साउनको तुलनामा भदौसम्म जीवन बीमकको व्यापार ७९.७७ प्रतिशत र निर्जीवन बीमकको ८८.६२ प्रतिशतले बढेको छ।

यसैगरी जीवन बीमकको भदौसम्म कुल जारी बीमालेख संख्या ११ लाख ९८ हजार ६४३ रहेको छ। साउनमा जीवन बीमकको कुल जारी बीमालेख संख्या ६ लाख ४८ हजार ५८८ थियो। साउनको तुलनामा भदौसम्म कुल जारी बीमालेख संख्या पनि ८४.८१ प्रतिशतले बढेको छ।

उता निर्जीवन बीमकले साउनमा २ लाख ४३ हजार ७४१ वटा बीमालेख जारी गरेको जारी गरेकोमा भदौसम्म यो संख्या बढेर ४ लाख ९० हजार ३०९ वटा पुगेको छ। साउनको तुलनामा भदौसम्म बीमालेख जारी संख्या १०१.१६ प्रतिशतले बढेको छ।

पछिल्लो समय बीमाप्रति मानिसको चेतना बढ्दै गएकोले जीवन बीमा बजारले गति लिन थालेको छ। अर्कोतर्फ बर्सेनि प्राकृतिकबाट ठूलो जनधनको क्षति हुने र बेलाबेलामा भइरहने आन्दोलनले निर्जीवन बीमा बजारको आकार बढ्न थालेको छ।

बीमा प्राधिकरणका अनुसार गत भदौसम्म बीमाको दायरामा आएको जनसंख्या ४९.१९ प्रतिशत पुगेको छ। जब कि अघिल्लो वर्ष भदौसम्म बीमाको दायरामा आएको जनसंख्या ४२.९२ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS