IME Life New

दुई महिनामा बीमालेख सरेन्डरबाट बाहिरियो साढे २ अर्ब, व्यतितको उठ्न बाँकी रकम ३६.४३ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ पहिलो २ महिना भदौसम्म बीमा समर्पण (सरेन्डर)बाट जीवन बीमा कम्पनीहरुबाट साढे २ अर्ब रुपैयाँ बाहिरिएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको भदौसम्म १५ हजार ८९८ वटा बीमालेख समर्पणबाट कम्पनीहरुबाट २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बाहिरिएको हो। अघिल्लो वर्ष २०८१।८२ को भदौसम्म कम्पनीहरुबाट १९ हजार ७४१ वटा बीमालेख समर्पणबाट २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमालेख समर्पण संख्या १९.४७ प्रतिशत र रकम ९.१८ प्रतिशतले घटेको छ।

यसैगरी चालु आर्थिक वर्षको भदौसम्म कम्पनीहरुले व्यतित बीमालेखको ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ उठाउन बाँकी रहेको देखिन्छ। यो रकम १२ लाख १३ हजार ५६२ वटा व्यतित बीमालेखको हो।

अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले ११ लाख ८० हजार ६१६ वटा व्यतित बीमालेखको ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म व्यतित बीमालेख संख्या २.७९ प्रतिशत र रकम ५.०७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS