IME Life New

दुई महिनामा रु. ११.५२ अर्ब बीमा दाबी भुक्तानी, जीवन र निर्जीवन बीमकबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को भदौसम्म जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट साढे ११ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी भएको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा, ३ वटा लघु जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट कुल ११ अर्ब ५२ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी भएको हो। अघिल्लो वर्ष भदौसम्म बीमकहरुबाट कुल ९ अर्ब ४० करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म दाबी भुक्तानी रकम २२.४८ प्रतिशतले बढेको छ।

Esewa
Crest

प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो वर्ष भदौसम्मको तुलनामा समीक्षा अवधिसम्ममा जीवन र निर्जीवन दुवै बीमकको दाबी भुक्तानी रकम बढेको छ। समीक्षा अवधिसम्म जीवन बीमकहरुले ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरेका छन्। यो रकम कम्पनीहरुले ४३ हजार ३६३ वटा दाबीको भुक्तानी गरेका हुन्।

अघिल्लो वर्ष भदौसम्म जीवन बीमकहरुले ३६ हजार ४१६ वटा दाबीको ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्मा जीवन बीमाकहरुको दाबी भुक्तानी संख्या २०.३२ प्रतिशत र रकम १९.१८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको भदौसम्म जीवन बीमकहरुले ५६ हजार ५९७वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष भदौसम्म जीवन बीमकहरुले ४५ हजार २९ वटा दाबीको ३ अर्ब १७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः २५.६९ प्रतिशत र ४९.८१ प्रतिशतले बढेको छ।

यसैगरी बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकहरुले ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ बीमितलाई दाबी भुक्तानी गरेका छन्। यो रकम कम्पनीहरुले २२ हजार ३८२ वटा दाबीको भुक्तानी गरेका हुन्।

अघिल्लो आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकहरुले २० हजार ९४१ वटा दाबीको २ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको भदौसम्मको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमाकहरुको दाबी भुक्तानी संख्या ६.८८ प्रतिशतले घट्दा भुक्तानी रकम भने ३१.७५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म निर्जीवन बीमकहरुले १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष भदौसम्म निर्जीवन बीमकहरुले १ लाख ९६९ वटा दाबीको २३ अर्ब १९ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ४.४९ प्रतिशत र ७६.५९ प्रतिशतले बढेको छ।

पछिल्लो २ वर्षमा बाढीपहिरो र आन्दोलन तथा प्रदर्शनका क्रममा ठूलो भौतिक क्षति भएको छ। यही कारणले निर्जीवन बीमकबाट भुक्तानी हुन दाबी रकम बढी देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS