IME Life New

साढे १६%ले बढ्यो बीमा व्यापार, जीवन र निर्जीवन बीमकको बिजनेस ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो दुई महिना भदौसम्म कम्पनीहरुले सवा ४४ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौसम्म ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को भदौसम्म कम्पनीहरुले ३८ अर्ब १ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १६.४९ प्रतिशतले बढेको हो।

Esewa
Crest

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौसम्म ३५ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १९.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष भदौसम्ममा जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको भदौसम्म जीवन कम्पनीहरुले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म प्रथम बीमाशुल्क २७.७७ प्रतिशत र नवीकरण बीमाशुल्क १७.३८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५९ लाख ३६ हजार ७७१ वटा रहेको छ। अघिल्लो वर्ष भदौसम्म सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख ८४ हजार ८८ वटा थियो। सक्रिय बीमालेख संख्या १५.६२ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ५.५५ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको भदौसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५७ लाख ९८ हजार ७८३ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा १.७८ प्रतिशतले कम हो। अघिल्लो वर्ष भदौसम्म यो संख्या ५६ लाख ९७ हजार ५६६ वटा थियो।

समीक्षा अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७५ लाख ४५ हजार ९३३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २५ लाख ९२ हजार ५५ वटा रहेको छ। अघिल्लो वर्ष भदौसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ५९ लाख ३१ हजार ३१९ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २१ लाख ५५ हजार २०३ वटा थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २७.२२ प्रतिशत र वैदेशिक रोजगार बीमालेख संख्या २०.२७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको भदौसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ४९.१९ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष भदौसम्म बीमाको दायरामा आएको जनसंख्या ४२.९२ प्रतिशत थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS