IME Life New

सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’का लागि रु. १ करोड ५० लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ। सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन कम्पनीबाट ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएबमोजिम १ करोड ५० लाख रुपैयाँबराबरको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले आजै अर्थमन्त्री रामेश्वर खनालसमक्ष हस्तान्तरण गरेका छन्।

Esewa
Crest

कम्पनीले विगतमा समेत विशेषगरी शिक्षा र स्वास्थको क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। हालको अवस्थामा समेत नेपाल सरकारले स्थापना गरेको उक्त भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कम्पनीबाट भएको सहयोगले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहातलगायतका कार्यका निम्ति सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

यसका साथै विपदको घडीमा राष्ट्रले आह्वान गरेका यस प्रकारका अभियानमा सूर्यज्योति लाइफको निरन्तर साथ रहने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS