IME Life New

जीवन बीमक संघले पायो नयाँ नेतृत्व, को को छन् कार्य समितिमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरूको संगठन, जीवन बीमक संघ नेपालले नयाँ नेतृत्व पाएको छ।

२०८२ भदौ २९ गते ठमेलस्थित होटल बाराहीमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले प्रविण रमण पराजुलीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पराजुली संघको निवर्तमान उपाध्यक्ष हुन् । उनी त्यसअघि कोषाध्यक्ष रहेका थिए ।

Esewa
Crest

साधारण सभाले कार्यसमितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ) र सचिवमा नारायण लोहनी (रिलायबल नेपाल) लाई चयन गरेको छ। खत्री र लोहनी यसअघि क्रमशः सचिव र सदस्य रहेका थिए।

साधारण सभाले कोषाध्यक्षमा एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई पुनः चयन गरेको छ। कार्य समिति सदस्यहरुमा मनोजलाल कर्ण (हिमालयन लाईफ), सुन्दर पन्थी (राष्ट्रिय जीवन बीमा कम्पनी) र प्रणय कुमार (एलआईसी नेपाल) रहेका छन् । कर्ण कार्य समिति सदस्य पदमा नयाँ हुन् भने प्रणय कुमार निवर्तमान कार्य समितिमा सदस्य रहेका थिए। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी पहिलो पटक कार्य समिति सदस्य चुनिएको हो।

नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल दुई वर्षको हुनेछ।

सिटीजन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पाैडेल नेतृत्वको कार्य समितिको कार्यकाल पुरा भएपछि संघले नयाँ नेतृत्व चयन गरेको हो । संघको विधानमा अध्यक्षले एक कार्यकाल मात्र नेतृत्व सम्हाल्न पाउने प्रावधान छ। पाैडेल नेतृत्वको कार्य समिति २०७९ मंसिर ९ गते सम्पन्न तेश्रो वार्षिक साधारण सभाबाट चयन भएको थियो।

निवर्तमान अध्यक्ष पाैडेलले कार्यकाल उपलब्धीपूर्ण बनाउन सहयोग पुर्‍याएकोमा संघका सदस्य, नियामक निकाय र शुभेच्छुकहरूमा आभार प्रकट गरेका छन्। उनको कार्यकालमा संघले नेपाल बीमक संघ र नेपाल बीमा प्राधिकरणसँगको सहकार्यमा दुईवटा अन्तर्राष्ट्रिय स्तरको बीमा सम्मेलन गराएका थिए। यो मध्ये समावेशी बीमा सम्बन्धि सम्मेल पहिलो पटक नेपालमा आयोजना भएको थियो।

यसबाहेक संघले जापानी बीमा कम्पनीहरूको गैर नाफामूलक संस्था फालियासँगको सहकार्यमा उच्च व्यवस्थापकका लागि तालिम सञ्चालन गरेको थियो। साथै फालियासँग संस्थागत सम्बन्ध स्थापित गर्दै नेपालमा विद्यालयस्तरमा बीमा सम्बन्धि सचेतना अभियानका लागि सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS