काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो महिना भदौसम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरण गरेर करिब पौने २९ अर्ब बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको भदौसम्ममा २० अर्ब ७० करोड ८५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को भदौसम्मा बीमा कम्पनीहरुले २४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुले संकलन गरेको नवीकरण बीमाशुल्क १७.३३ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको भदौमा १३ वटा कम्पनीको नवीकरण बीमाशुल्क बढेको छ भने २ वटाको घटेको छ। नेपाल लाइफले सर्वाधिक नवीकरण बीमाशुल्क संकलन गर्दा वृद्धिदरमा राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ।
चालु वर्षको भदौसम्म नेपाल लाइफले ७ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ७ अर्ब ७० करोड ९३ लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीमा बीमाशुल्क संकलन १.६४ प्रतिशतले बढेको छ।
दोस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। यो कम्पनीले भदौसम्म ३ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७३ करोड ५१ लाख रुपैयाँमात्रै नवीकरण बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ४०१.४६ प्रतिशतले बढेको छ।
तेस्रोमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले २ अर्ब ८० करोड १० लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा वर्षसम्म ९ं०९ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ५७ लाख रुपैयाँ संकलन गरेको थियो।
यसैगरी भदौसम्म लाइफ इन्स्योरेन्सन कर्पोरेसन नेपालले २ अर्ब ९१ करोड ७२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ०.९७ प्रतिशतले घटेको छ।
चालु वर्षको भदौसम्म हिमालयन लाइफले २ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दा सूर्यज्योति लाइफले १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ, सिटिजन्स लाइफले १ अर्ब ५ करोड ८५ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ९५ करोड २१ लाख रुपैयाँ संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको ५.३४ प्रतिशत, सूर्यज्योति लाइफको १२.९० प्रतिशत, एसियन लाइफको ३ प्रतिशत, सिटिजन लाइफको १४.६९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ८.७६ प्रतिशतले नवीकरण बीमाशुल्क बढेको छ।
यसैगरी समीक्षा अवधिसम्म मेटलाइफले ७९ करोड ८६ लाख रुपैयाँ, आइएमई लाइफले ७९ करोड ८३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ७७ करोड २५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७२ करोड ४० लाख रुपैयाँ र सन नेपाल लाइफले ४९ करोड ९६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा मेटलाइफको ७.१४ प्रतिशत, आइएमई लाइफको १८.५१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ७.७६ प्रतिशत, रिलायबल नेपाल लाइफको ११.९१ प्रतिशत र सन नेपाल लाइफको ११.९६ प्रतिशतले बढेको छ।


















