IME Life New

जीवन बीमकको १७%ले बढ्यो व्यापार, कसको बिजनेस ग्रोथ कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो महिना भदौसम्म जीवन बीमा कम्पनीहरुले करिब सवा ३५ अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को भदौसम्म कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ भित्र्याएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार १७.१५ प्रतिशतले बढेको छ।

Crest

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा १३ वटा कम्पनीको व्यापार बढेको छ भने एउटाको घटेको छ।

चालु आर्थिक वर्षको भदौसम्म नेपाल लाइफले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.१५ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। यो कम्पनीले भदौसम्म ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार २८३.२२ प्रतिशतले बढेको छ। यो वृद्धि जीवन बीमकमध्येकै सबैभन्दा धेरै हो।

व्यापार भित्र्याउने हिसाबले नेसनल लाइफ तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ११.१० प्रतिशतले बढेको छ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ, हिमालयन लाइफले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र एसियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी सबै कम्पनीको व्यापार बढेको छ।

त्यस्तै सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८ करोड ५८ लाख रुपैयाँ, मेटलाइफले १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड ४० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। सन नेपाल लाइफको व्यापार २२.१७ प्रतिशतले घट्दा अन्य कम्पनीको भने बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS