IME Life New

दुई महिनामा जीवन बीमकको व्यापार ३५ अर्ब २४ करोड माथि, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्बै माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले १ करोड १४ लाख ५० हजार ४७७ वटा बीमा पोलिसी बिक्री गरी कुल ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

त्यस्तै, हिमालयन लाइफले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ६० करोड ६६ लाख रुवपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS