IME Life New

सिटिजन, आइएमई, रिलायबल र सन नेपाल लाइफलाई १ दर्जन सूचकमा दाँजेर हेर्दा (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन, आइएमई, रिलायबल र सन नेपाल लाइफ नयाँ जीवन बीमा कम्पनी भए पनि मर्जर बिना नै पुँजी वृद्धि योजना सफल पारेका छन्। यी ४ जीवन बीमकले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनः

चुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणका आधारमा सिटिजन लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ र सन नेपाल लाइफले ५ अर्ब चुक्तापुँजी कायम गरेका छन्।

Esewa
Crest

शेयर प्रिमियमः सिटिजन लाइफको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ रहेको छ भने आइएमई लाइफको शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब ३९ करोड रुपैयाँ र सन नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङः सिटिजन लाइफको रिटेन्ड अर्निङमा १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ रहेको छ भने आइएमई लाइफको रिटेन्ड अर्निङमा ६५ करोड ५४ लाख रुपैयाँ रहेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफको रिटेन्ड अर्निङमा ७८ करोड ९९ लाख रहेको छ भने सन नेपाल लाइफको रिटेन्ड अर्निङमा ९८ करोड ६८ लाख रुपैयाँ रहेको छ।

अन्य इक्विटीः सिटिजन लाइफको अन्य इक्विटीमा ७२ करोड ७८ लाख रुपैयाँ र आइएमई लाइफको अन्य इक्विटीमा ४९ करोड ४४ लाख रुपैयाँ रहेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफको अन्य इक्विटीमा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने सन नेपाल लाइफको अन्य इक्विटीमा २९ करोड २९ लाख रुपैयाँ रहेको छ।

जीवन बीमा कोषः जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको निकै महत्व रहेको हुन्छ। सिटिजन लाइफको जीवन बीमा कोषमा १९ अर्ब ८५ करोड रुपैयाँ र आइएमई लाइफको जीवन बीमा कोषमा १३ अर्ब १० करोड रुपैयाँ रहेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ भने सन नेपाल लाइफको जीवन बीमा कोषमा १० अर्ब १० करोड रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जनः सिटिजन लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफले ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफले ५ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सन नेपाल लाइफले ४ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमाशुल्क आर्जनः सिटिजन लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफले ५ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफले ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सन नेपाल लाइफले ४ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिटिजन लाइफले ७२ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने आइएमई लाइफको ५२ करोड ७३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफले ५३ करोड ६२ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने सन नेपाल लाइफको ४२ करोड ५५ लाख रुपैयाँ रहेको छ।

खुद नाफाः चौथो त्रैमाससम्म सिटिजन लाइफले ४२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा गरेकोमा आइएमई लाइफले ५८ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफले ५७ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा सन नेपाल लाइफले ५४ करोड २४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मूल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मूल्यांकनपश्चात मात्र वास्तविक आउनेछ।

प्रतिशेयर आम्दानीः सिटिजन लाइफको वार्षिक प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ छ भने आइएमई लाइफको ११.६७ रुपैयाँ छ। त्यस्तै, रिलायबल नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी १०.९७ रुपैयाँ छ भने सन नेपाल लाइफको ११.२२ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः सिटिजन लाइफको प्रतिशेयर नेटवर्थ १४८.७१ रुपैयाँ छ भने आइएमई लाइफको १३८.५८ रुपैयाँ छ। त्यस्तै, रिलायबल नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १४७.४७ रुपैयाँ छ भने सन नेपाल लाइफको १५४.२३ रुपैयाँ छ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS