IME Life New

ट्यारिफको बम फोडिरहेको अमेरिका आफैँ मन्दीको संघारमा, मुडिजले दियो ठूलो चेतावनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्याफिर बम फोडेर ठूला दाबी गरेर विश्वका सबै देशलाई धम्की दिइरहेका छन्। अर्कोतर्फ विश्वव्यापी मूल्यांकन एजेन्सी मुडिजले ट्रम्पलाई ठूलो झट्का दिएको छ।

आफ्नो पछिल्लो प्रतिवेदनमा मुडिजले अमेरिका गम्भीर मन्दीको संघारमा पुगेको र अमेरिकी अर्थतन्त्रको एक तिहाइ पहिले नै संकटको सामना गरिरहेको चेतावनी दिएको छ। यो चेतावनी ट्रम्पका लागिमात्र नभई अमेरिकाका लागि पनि नराम्रो खबर हो।

Crest

मुडिज एनालिटिक्सका प्रमुख अर्थशास्त्री मार्क जान्डीले राज्यस्तरीय तथ्यांकले अमेरिकी अर्थतन्त्र मन्दीको संघारमा रहेको संकेत गरिरहेको चेतावनी दिए। विश्लेषणका आधारमा उनले भने, ‘अवस्था यस्तो छ कि अमेरिकी कुल गार्हस्थ्य उत्पादन ( जीडीपी)को लगभग एक तिहाइ ओगटेका राज्यहरु या त मन्दीको चपेटामा छन् वा मन्दीको उच्च जोखिममा पुगेका छन्।’

राष्ट्रपति ट्रम्पले आर्थिक सफलताको प्रमाणका रुपमा जीडीपी वृद्धिदर र मुद्रास्फीतिको तथ्यांकलाई उद्धृत गर्दै र ट्यारिफको सकारात्मक प्रभावको दाबी गरिरहेका हुन सक्छन्। तर, मुडिजका अर्थशास्त्रीहरु विश्वास गर्छन् कि अमेरिका अर्को मन्दीको संघारमा छ, जसले ठूलो आर्थिक क्षति निम्त्याउन सक्छ।

मुडिजको प्रतिवेदनले जान्डीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाको जीडीपीको एक तिहाइ हिस्सा ओगटेका राज्यहरु मन्दीबाट गुज्रिरहेका छन् वा मन्दीको जोखिममा छन्। साथै, एक तिहाइ राज्यहरुमा वृद्धि स्थिर देखिन्छ। जब कि बाँकी एक तिहाइ राज्यहरुमा मात्र वृद्धि रेकर्ड गरिएको छ।’

जान्डीका अनुसार सरकारी जागिरमा कटौतीका कारण संकट बढ्दै गएको देखिन्छ। उनले भने, ‘उत्तरपूर्वी, मध्यपश्चिम र वासिंगटन डीसी क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ, जहाँ रोजगारी घट्दै गएको छ। ट्रम्पको शपथ ग्रहणपछि जनवरीदेखि मेसम्म वासिंगटन डीसीमा २२ हजार सरकारी जागिरहरु हटाइएको छ।’

रोयटर्सको हालैको रिपोर्टमा अमेरिकी अर्थतन्त्रमा मन्दीको जोखिमका केही संकेतहरु पनि साझा गरेको छ। अगस्ट २०२५ मा अमेरिकी उत्पादन पीएमआई ४८.७ मा झरेको उल्लेख थियो। कारखानाहरुको अवस्था ‘अमेरिकी महामन्दी’ को समयभन्दा पनि खराब भएको बताइएको छ।

रिपोर्टका अनुसार अमेरिकाले विश्वभरका देशहरुमा ट्यारिफ शुल्क आक्रमण गरिरहेको बेला अमेरिकी उत्पादन क्षेत्रले अगस्टमा लगातार छैटौँ महिनामा तीव्र गिरावट दर्ता गरेको छ। यसको कारण दिँदै यो भनिएको छ, ‘देशका कारखानाहरुले ट्रम्प प्रशासनको आयात शुल्कको नराम्रो प्रभावको सामना गरिरहेका छन्। अर्थात्, यो स्पष्ट छ कि ट्यारिफ लाभदायक हुनुको सट्टा हानिकारक साबित भइरहेको छ। उत्पादकहरुले भन्सार तनावको बीचमा रहेको वर्तमान व्यावसायिक वातावरणलाई महामन्दीभन्दा पनि खराब भनेका छन्।’

अमेरिकाको आपूर्ति व्यवस्थापन संस्थान (आईएसएम)को सर्वेक्षणलाई उद्धृत गर्दै रिपोर्टमा केही उत्पादकहरुले उच्च आयात शुल्कका कारण अमेरिकामा सामान उत्पादन गर्न गाह्रो भइरहेको स्पष्ट पारेको उल्लेख छ।

अर्कोतर्फ राष्ट्रपति ट्रम्पले सबै संकेत र तथ्यांकहरुका बाबजुद आफ्नो व्यापार नीतिको बचाउ गरिरहेका छन्। उनले ट्यारिफलाई देशको हितमा चालिएको कदम भन्दै लामो समयदेखि खस्कँदै गएको अमेरिकी औद्योगिक आधारलाई पुनर्जीवित गर्न आवश्यक रहेको बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS