काठमाडौं । छिमेकी मुलुक भारतमा चक्रवात अर्नबको प्रभाव जारी छ। आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा भइरहेको छ।
चक्रवात अर्नबका कारण आन्ध्र प्रदेश, ओडिशा र तेलंगानाका धेरै भागमा भारी वर्षा भइरहेको छ। चक्रवातबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन भइरहेको छ।
भारतीय मौसम विभागले बताएअनुसार चक्रवात अर्नब पश्चिम–मध्य बंगालको खाडीमा, आन्ध्र प्रदेश र पुडुचेरीको यानम तट नजिकै पूर्ण रुपमा कमजोर भएको छ।
विगत ६ घन्टामा आँधी लगभग १५ किलोमिटर प्रतिघन्टाको गतिमा उत्तरतिर सरेको छ र गम्भीर न्यून चापीय क्षेत्रमा तीव्र भएको छ।
मौसम विभागका अनुसार अक्टोबर २८ मा राति ११ः३० बजे यसको केन्द्र आन्ध्र प्रदेश नजिकै थियो। जुन दक्षिणी ओडिशा, दक्षिणी छत्तीसगढ र उत्तरपूर्वी तेलङ्गानासँग जोडिएको थियो।
मौसम विभागले आज बिहान यो कमजोर भएर साँझसम्म न्यून चापीय क्षेत्रमा पुग्ने सम्भावना रहेको बताएको छ। –एजेन्सी












