काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब ८३ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ८२ हजार ९६५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको रजिस्ट्रारको कार्यालयमा दिन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन पेस नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।












