IME Life New

आजीवन र अग्रिम भुक्तानी जीवन बीमामा उपभोक्ताको घट्दो आकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमालेख खरिद गर्ने बीमितहरूको आकर्षण आजीवन र अग्रिम भुक्तानी प्रकृतिका बीमालेखमा उल्लेख्यरूपमा घटेको छ।

यी दुबै प्रकृतिको बीमालेखको बिक्री ओरालो लाग्दा एकल बीमाशुल्कवापतको बीमालेखको बिक्री भने ह्वात्तै बढेको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अनुसार, जीवन बीमकले गत आर्थिक वर्ष २०८१।८२ मा एकल बीमाशुल्क बीमालेखमा सर्वाधिक ४८ प्रतिशतको वृद्धि दर्ज गर्दा, आजीवन र अग्रिम भुक्तानी सावधिक बीमालेखको बिक्री संख्या क्रमशः २१ र १७ प्रतिशतले घटेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार, गत आर्थिक वर्षमा जीवन बीमकले कुल २८ हजार ५२ वटा एकल बीमाशुल्क बीमालेख बेचेका छन् । यसैगरी ४१ हजार ३५४ वटा अग्रिम भुक्तानी सावधिक र ६ हजार ३२७ वटा आजीवन बीमालेख जारी गरे ।

अघिल्लो आव २०८०।८१ मा जीवन बीमकले एकल बीमाशुल्क बीमालेख १९ हजार ६४७ वटा बेचेका थिए। यसैगरी सोही अवधिमा आजीवन बीमालेख ८ हजार २९ र अग्रिम भुक्तानी बीमालेख ५० हजार ७५ वटा जारी गरेका थिए।

यस कारण घट्यो, यस कारण बढ्यो

बैंकले मुद्दती निक्षेपमा दिने ब्याज दर ४ प्रतिशत हाराहारीमा सीमित भएपछि अधिक प्रतिफलको खोजीमा बीमितले ५ देखि १० वर्षका लागि एकमुष्ठ बीमाशुल्क भुक्तानी गरेर बीमालेखमा लगानी गर्न थालेका छन्। यसैले एकल बीमाशुल्क बीमालेखको बिक्री उल्लेख्य बढेको हो।

यसको विपरित, अग्रिम भुक्तानी बीमालेखको बोनश दर सबैभन्दा न्यून भएपछि बीमित र अभिकर्ता दुबैको रोजाईमा अग्रिम भुक्तानी बीमालेख पर्न छोडेको हो। बोनश दर सार्वजनिक नहुँदा सम्म बीमकले बीमालेख खरिद गरेको एक वर्ष पुरा भएपछि प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशत रकम बीमितले भुक्तानी प्राप्त गर्न वार्षिक भुक्तानी बीमालेख ठूलो संख्यामा जारी गरेका थिए।

यसबाहेक बीमकले पुरानै विशेषतायुक्त तर, महँगो बीमाशुल्क सहितको बीमालेख ल्याएर पुरानो वार्षिक अग्रिम भुक्तानी र आजीवन बीमालेख बिक्री बन्द गरेपछि अभिकर्ताले बीमितलाइ अन्य बीमालेख खरिद गर्न सुझाउन थालेकाले पनि बिक्री घटेको हो । पछिल्लो दुई वर्षयता अधिकांश पुराना बीमकले प्रचलनमा रहेका तर घाटा हुने प्रकृतिका पुराना बीमालेखको बिक्री बन्द गर्दै बीमाशुल्कमा परिमार्जनसँगै पुरानै विशेषता सहितको नयाँ बीमालेख जारी गर्ने क्रम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS