IME Life New

जीवन बीमकको साउनमा कस्तो रह्यो प्रदेशगत व्यापार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेश देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएको देखिन्छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा २० अर्ब २ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमकहरुले बागमती प्रदेशबाट मात्रै ८ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४१.९४ प्रतिशत हिस्सा हो।

Esewa
Crest

यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले ३ अर्ब ९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १५.४६ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो धेरै व्यापार कोशी प्रदेशमा रहेको देखिन्छ। कम्पनीहरुले कोशीबाट २ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १३.८६ प्रतिशत हिस्सा हो।

समीक्षा महिनामा कम्पनीहरुले गण्डकी प्रदेशबाट २ अर्ब १६ करोड १४ लाख रुपैयाँ, मधेश प्रदेशबाट १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १ अर्ब १५ करोड ३७ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ६२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा गण्डकीको हिस्सा १०.८० प्रतिशत, मधेश प्रदेशको ९.४ प्रतिशत, सुदूरपश्चिमको ५.७६ प्रतिशत र कर्णालीको ३.१३ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS