IME Life New

वैदेशिक रोजगारमा जानेको संख्या बढ्दा १७ प्रतिशत बढ्यो वैदेशिक बीमाको आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकले बीमा पुलमार्फत बिक्री गरेको वैदेशिक रोजगारी बीमालेखको बिक्रीसँगै बीमाशुल्क आम्दानी पनि वृद्धि भएको छ।

जीवन बीमकले बीमा पुलमार्फत जारी बीमालेखवापतको बीमाशुल्क आम्दानीमा गत आर्थिक वर्ष २०८१।८२ को साउन महिनाको तुलनामा चालू आवको सोही महिनामा १७ प्रतिशत वृद्धि हासिल गरेका छन्। बीमाशुल्क रकमसँगै वैदेशिक रोजगारी बीमालेख संख्या पनि वृद्धि भएको छ।

Esewa
Crest

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि म्यादी बीमा अनिवार्य गरिएकाले श्रम स्वीकृति लिएर बाहिरिने जनशक्तिको संख्या बढेसँगै बीमाशुल्क आम्दानीमा पनि वृद्धि भएको हो।

वैदेशिक रोजगार विभागका अनुसार,गत साउन महिनामा वैदेशिक रोजगारका लागि पहिलो पटक श्रम स्वीकृति लिएकाहरूको संख्या गत आर्थिक वर्ष २०८१।८२ को तुलनामा २० प्रतिशत वृद्धि भएको छ। विभागबाट गत साउनमा पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या कुल ४४ हजार ४६४ थियो । यीमध्ये ६ हजार ६५ जना महिला छन् । गत आर्थिक वर्ष २०८१।८२ को साउन महिनामा विभागबाट  पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ९२८ थियो। यीमध्ये ५ हजार ६७२ महिला श्रमिक थिए।

नेपाल बीमा प्राधिकरणका अनुसार, चालू आर्थिक वर्ष २०८२।८३ को साउन महिनासम्ममा बीमकले जारी गरेकामध्ये कुल २६ लाख १९ हजार २३६ वटा वैदेशिक रोजगार बीमालेख सकृय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS