काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा साढे ३ अर्ब माथि प्रथम बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले साउन महिनामा मात्रै ३ अर्ब २७ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ४२ करोड ३७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा सिटिजन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा २५ करोड १ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन लाइफले २३ करोड ८० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले २२ करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले २१ करोड ३५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १५ करोड २७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
एशियन लाइफले १५ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १४ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १२ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १० करोड ६६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
प्रभु महालक्ष्मी लाइफले १० करोड ३८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ५ करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ करोड १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

















