IME Life New

धितोपत्र बोर्डमा जागिर खुल्यो, यी पदमा दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट नयाँ पदपूर्तिसँगै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाका लागि दरखास्त आह्वान गरेका छन्।

धितोपत्र बोर्डले आज सूचना जारी गर्दै कार्यक्षमता मूल्यांकनका आधारमा वरिष्ठ सहायदेखि कार्यकारी निर्देशकसम्म ७ जनाको बढुवाका लागि दरखास्त आह्वान गरेको छ। जसमा कार्यकारी निर्देशक एकजना, उपकार्यकारी निर्देशक २ जना, निर्देशक २ जना र सहायक निर्देशक र वरिष्ठ सहायक १–१ जना रहेको छ।

Esewa
Crest

यसैगरी धितोपत्र बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम)मा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत नयाँ पदपूर्ति गर्न लागेको हो। प्रशासन र कानुनमा ३ जना सहायक निर्देशक र प्रशासनमा दुईजना वरिष्ठ सहायकका लागि दरखास्त आह्वान गरिएको छ।

यी पदमा इच्छुक उम्मेदवारले धितोपत्र बोर्डको वेबसाइटमा गएर अनलाइन दरखास्त दिनुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति असोज २ गते रहेको छ। दोब्बर दस्तुर तिरी असोज ९ गतेसम्म दरखास्त दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS