IME Life New

जीवन बीमकले कर्मचारीको तलबभत्तामा खर्च गरे साढे ६ अर्ब बढी, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१।८२ मा कर्मचारीको तलबभत्तामा साढे ६ अर्ब रुपैयाँ बढी खर्च गरेका छन्।

हाल सञ्चालनमा १४ वटा जीवन बीमकले समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा ६ अर्ब ६० करोड २७ लाख रुपैयाँ खर्च गरेको हो। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीहरुले ६ अर्ब ९ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा कम्पनीहरुको खर्च ८.३७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको तुलनामा १० वटा कम्पनीको कर्मचारीको तलबभत्तामा हुने खर्च बढेको छ भने ४ वटाको घटेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा सबैभन्दा बढी खर्च गर्नेमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले ८८ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७४ करोड २८ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च १९.४७ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रोमा हिमालयन लाइफ रहेको छ। अघिल्लो वर्ष कम्पनीले ८८ करोड ४३ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा वर्षमा २.८२ प्रतिशतले घटेर ८५ करोड ९४ लाख रुपैयाँमा झरेको छ।

तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। गत आर्थिक वर्षमा कम्पनीले ६५ करोड ७१ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ६० करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो खर्च ८.५५ प्रतिशतले घटेको छ।

समीक्षा वर्षमा नेसनल लाइफले ५० करोड ५४ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ५० करोड २९ लाख रुपैयाँ खर्च गरेको थियो। यस हिसाबले कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ०.५० प्रतिशतले बढेको छ।

त्यस्तै समीक्षा वर्षमा कर्मचारीको तलबभत्तामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ४४ करोड ३१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४४ करोड १७ लाख रुपैयाँ, आइएमई लाइफले ४० करोड ५८ लाख रुपैयाँ, सन नेपाल लाइफले ४० करोड २१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३८ करोड ६४ लाख रुपैयाँ र मेटलाइफले ३६ करोड ८६ लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा एलआईसी नेपाल, प्रभु महालक्ष्मी लाइफ मेटलाइफको कर्मचारीको तलबभत्तामा जाने खर्च घटे पनि बाँकी कम्पनीको खर्च बढेको छ।

यसैगरी गत आर्थिक वर्षमा एसियन लाइफले ३६ करोड ३७ लाख रुपैयाँ, सिटिजन लाइफले ३६ करोड ५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३५ करोड ५ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँ खर्च गरेका छन्। यी सबै कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS