IME Life New

एक वर्षमा बीमा कम्पनीहरुमा थपिए ५६६ जना जनशक्ति, शाखा सञ्जाल कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुले शाखा विस्तारसँगै जनशक्ति पनि बढाउँदै लगेका छन्।

नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त १४ जीवन बीमक, १४ निर्जीवन बीमक र ७ वटा लघु बीमक कम्पनी सञ्चालनमा छन्। गत चालु आर्थिक वर्ष २०८१।८२ मा ती बीमकको कुल जनशक्ति ४।८४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षमा ११ हजार ६८५ जना प्रत्यक्ष रोजगारीमा रहेको अवस्थामा समीक्षा वर्षमा यो संख्या बढेर १२ हजार २५१ पुगेको छ। अर्थात बीमा कम्पनीहरुमा एक वर्षमा थप ५६६ जनाले रोजगारी पाएका छन्।

Esewa
Crest

समीक्षा वर्षमा जीवन बीमकमा कुल ६ हजार ११३ र निर्जीवन बीमकमा ६ हजार १३८ जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन्। अघिल्लो वर्षमा जीवन बीमकमा ५ हजार ८५८ र निर्जीवन बीमकमा ५ हजार ८२७ जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका थिए। यो हिसाबले जीवन बीमकको जनशक्ति ४।३५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमकको ५।३४ प्रतिशतले बढेको छ।

प्राधिकरणका अनुसार समीक्षा वर्षमा बीमकको शाखा संख्या ०।३४ प्रतिशतले वृद्धि भएको छ। जीवन बीमकको ६ र निर्जीवन बीमकको ४ वटा शाखा थपिएका छन्। जीवन बीमकको शाखा संख्या जम्मा ०।३३ प्रतिशतले थपिँदा निर्जीवन बीमकको शाखा संख्या ०।३५ प्रतिशतले वृद्धि भएको छ।

प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार समीक्षा वर्षमा जीवन बीमकको शाखा संख्या १ हजार ८३९ र निर्जीवन बीमकको १ हजार १५५ शाखा कार्यालय सञ्चालनमा छन्। अघिल्लो वर्षमा जीवन बीमकको शाखा संख्या १ हजार ८३३ र निर्जीवन बीमकको १ हजार १५१ शाखा कार्यालय सञ्चालनमा थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS