काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।५ अर्ब शेयर पूँजी भएको कम्पनीले गतआर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १.१६ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियम सिर्षकमा ४४ करोड ९६ लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा २१ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब २८ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गतआर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ३९.०२ प्रतिशतले वृद्धि भएर १९ अर्ब ८५ करोड पुगेको छ ।
गत आर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लोआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २१.४४ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले पुनर्बीमा मार्फत ४१ करोड ६० लाख रुपैयाँ खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।
कम्पनीले यस अवधिमा ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.०९ प्रतिशतले वृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ५५ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीले बीमा पोलिसी धितोमा राखी १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ७५ करोड ४९ लाख कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा ३३.६८ प्रतिशतले वृद्धि भएको हो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.७१ रुपैयाँ रहेको छ ।


















