IME Life New

मेटलाइफको नाफा साढे ४९ करोड माथि, बढ्यो व्यापार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफले आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा मेटलाइफले ४९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१मा कम्पनीले ८२ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४०.०७ प्रतिशतले घटेको छ।

Crest

समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ५७ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६२ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १७ करोड ४१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा महाविपत्ति कोषमा ५२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५६ करोड ११ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ७ करोड ७३ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा २५ अर्ब ६० करोड ६२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १५.५४ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १०.२० प्रतिशतले बढेको छ।

कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब १ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५ अर्ब ४५ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.१५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS