IME Life New

वैदेशिक रोजगार बीमा व्यवसायसहित बीमकको करिब साढे २७%ले बढ्यो नयाँ व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकको नयाँ व्यापार (वैदेशिक रोजगार बीमाशुल्कसहित) करिब साढे २७ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को तथ्यांकले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीहरुले ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बीमकहरुको नयाँ व्यापार २७.२२ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले एसियन लाइफ अगाडि रहेको छ।

गत आर्थिक वर्षमा नेपाल लाइफले १० अर्ब ७४ करोड २९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ८ अर्ब २ करोड ३० लख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार ३३.९० प्रतिशतले बढेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ। समीक्षा वर्षमा कम्पनीले ६ अर्ब ४ करोड ५५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नयाँ व्यापार १९.५५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ५ करोड ६८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा एसियन लाइफ रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष १ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा वर्षमा ६५.७५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा वर्षमा सूर्यज्योति लाइफले ३ अर्ब १८ करोड ८१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ, हिमालयन लाइफ २ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब २० करोड ३७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।अघिल्लो वर्षको तुलनामा नयाँ व्यापार सूर्यज्योति लाइफको २५.७४ प्रतिशत, एलआईसी नेपालको १६.६४ प्रतिशत, हिमालयन लाइफको ९.४० प्रतिशत, सिटिजन लाइफको २०.१४ प्रतिशत र सन नेपाल लाइफको ४०.८८ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा सानिमा रिलायन्स लाइफले २ अर्ब १२ करोड २३ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९३ करोड १३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ७५ करोड ३० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ४५ करोड १ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ११ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा नयाँ व्यापार सानिमा रिलाइन्स लाइफको १३.०६ प्रतिशत, आइएमई लाइफको २०.५४ प्रतिशत, रिलायबल नेपाल लाइफको १८.८३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ६०.४९ प्रतिशत, मेट लाइफको ११.३० प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ४६.७० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS