IME Life New

गत आर्थिक वर्षमा जीवन बीमकको व्यापार पौने २ खर्ब माथि, कसको बिजनेस ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१।८२ मा पौने २ खर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १ करोड ४१ लाख २ हजार ४८९ वटा बीमालेख बिक्री गरेर १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १६.०५ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सबै १४ वटै जीवन बीमकको व्यापार बढेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सन नेपाल लाइफ अगाडि रहेको छ।

गत आर्थिक वर्षमा नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा १७.५९ प्रतिशतले बढी हो। अघिल्लो वर्षमा कम्पनीले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार १६.७७ प्रतिशतले बढेको छ।

तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ। अघिल्लो वर्षमा १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १०.०४ प्रतिशतले बढेर १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा वर्षमा हिमालयन लाइफले १७ अर्ब ६६ करोड ७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपैयाँ, एसियन लाइफले १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ र सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै कम्पनीमा व्यापार बढेको छ।

गत आर्थिक वर्षमा सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँ, मेटलाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँ र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै कम्पनीको व्यापार बढेको छ।

वृद्धिदरका हिसाबले रिलायबल नेपाल लाइफले सर्वाधिक २८.८० प्रतिशतको व्यापार बढोत्तरी हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS