IME Life New

उत्कृष्ट अभिकर्ताहरुलाई उत्साहित गर्दै सूर्यज्योति ‘स्टार एजेन्सी मिट-२०८२’ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ‘स्टार एजेन्सी मिट २०८२’ भव्यरुपमा सम्पन्न भएको छ।

कम्पनीका उत्कृष्ट अभिकर्ताको सहभागितामा नगरकोटमा रहेको होटल मिस्टिक माउन्टेनमा साउन १८ र १९ गतेसहित दुईदिने कार्यक्रम सम्पन्न भएको हो।

Esewa
Crest

कार्यक्रममा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीलगायत कम्पनीका उच्च व्यवस्थापनका कर्मचारीहरुर उत्कृष्ट कार्यसम्पादन गर्ने स्टार एजेन्सी म्यानेजर र चिफ एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो। सूर्यज्योति लाइफले आफ्ना अभिकर्ताहरुको सीप तथा क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा सीप तथा उत्प्रेरणामूलक तालिमहरुको आयोजना गर्दै आएको छ।

आर्थिक वर्ष २०८१।८२ मा उत्कृष्ट कारोबार गर्न सफल भएका देशभरिका सर्वोत्कृष्ट एजेन्सीहरुलाई उक्त अवसरमा कम्पनीका चिफ बिजनेस अफिसर, फर्सुराम मरासिनीले ‘व्यावसायिक समीक्षा र भावी रणनीति’, चिफ बिजनेस अपरेसन, राजिव गुर्बाचार्यले जीवन बीमा व्यवसायको बृहत तालिम र तालिम तथा विकास विभाग प्रमुख उत्तम आचार्यले एजेन्सी संरचनासम्बन्धी बृहत तालिम प्रदान गरेका थिए। यस किसिमिका सीपमूलक तालिमपश्चात अभिकर्ताहरुले आवश्यक योजना र रणनीतिसम्बन्धी मार्गदर्शन पूर्ण रुपमा प्राप्त गरेको बताए।

उक्त अवसरमा कम्पनीका अध्यक्ष भट्टराईले अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि कम्पनी सदैव प्रयत्नशील रहेका साथै अभिकर्ताहरुको मेहनत, लगन र सकारात्मक व्यावसायिक गतिविधिले गर्दा नै सूर्यज्योति निरन्तर लक्ष्य हासिल गर्दै अघि बढिरहेको जसको सम्पूर्ण श्रेय अभिकर्ताहरुलाई नै जाने कुरा अध्यक्ष भट्टराईले व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रुपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र अवलम्बन गर्नुपर्ने जसमा अभिकर्ताले आफ्नो टिम विस्तार गर्नु, कर्मचारीहरुले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बीमितका लागि दरिलो विश्वास दिलाएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने कुरा प्रस्ट पारे।

बीमिततथाअभिकर्ताहरुकोसरल र सहजताकालागिनयाँनयाँप्रविधिमैत्रीसेवाविस्तारगर्दैलगेको र यसैअन्तर्गतकोसूर्यज्योति ‘मोबाइलएपअभिकर्ता र बीमितहरूकालागिएकदमैउपयोगीभएकोप्रमुखकार्यकारीअधिकृतखत्रीलेबताए।

जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो आईएसओ ९००१–२०१५ सर्टिफाइड एक मात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बन्न सफल हुँदै कम्पनीको हाल चुक्तापुँजी रु. ५०१ करोड, कुल लगानी रु.४६०० करोड, जीवन बीमा कोष रु.४२०० करोड, नेटवर्थ रु.६२८ करोड, जारी बीमालेख संख्या ३४ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख ३ हजार ७३८ र देशभर रहेका १७३ शाखा सञ्जालद्वारा सेवा प्रदान गरिरहेको छ। बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरुविरुद्धरु ५० लाखसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्न पनि सफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS