IME Life New

निर्जीवन बीमक प्रभु इन्स्योरेन्सको शेयर जारीकर्ता रेटिङले पायो निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक प्रभु इन्स्योरेन्सको शेयर जारीकर्ता रेटिङलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले पुनः पुष्टि गर्दै निरन्तरता दिएको छ।

इन्फोमेरिक्स नेपालले आईआरएन त्रिपल बी प्लस रेटिङलाई निरन्तरता दिएको हो। नेपाली वित्तीय बजारमा यस्तो रेटिङ प्राप्त कम्पनीले पूर्वनिर्धारित समयसीमाभित्रै वित्तीय दायित्व पूरा गर्ने सवालमा मध्यमस्तरको सुरक्षाको प्रत्याभूति गर्छ। यस्तो रेटिङले सम्बन्धित कम्पनीले मध्यमस्तरको ऋण वा उधारो जोखिम बोकेको पनि इंगित गर्छ।

Esewa
Crest

सन् १९९५ देखि सञ्चालनमा रहेको प्रभु इन्स्योरेन्सको लामो व्यावसायिक यात्रा, नागरिक लगानी कोष र प्रभु बैंकलगायतका ठूला संस्थागत लगानीकर्ता तथा लगानी विविधतालाई सबल पक्षका रुपमा ग्रहण गर्दै इन्फोमेरिक्सले रेटिङ मूल्यांकनलाई निरन्तरता दिएको हो।

इन्फोमेरिक्सका अनुसार आर्थिक वर्ष २०७७।७८ देखि २०८०।८१ सम्ममा कम्पनीको लगानी १९ प्रतिशतको वार्षिक दरले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०।८१ मा भने दीर्घकालीन मुद्दति निक्षेपहरु परिपक्व भएकाले अल्पकालीन निक्षेपमा लगानी रुपान्तरण भएको छ। यसबोहक पुनर्बीमा कमिसन पनि कम्पनीको आम्दानीको स्रोतका रुपमा रह्यो। कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ मा लगानीलाई थप विविधीकरण गरिसकेको छ।

कम्पनीको सोल्भेन्सी मार्जिन भने नियामकीय मापदण्डभन्दा ३ गुणा अधिक छ। रेटिङ एजेन्सीका अनुसार १.३ को अनुपातमा यसको सोल्भेन्सी मार्जिक ४.६७ प्रतिशत रहेको छ। यो अनुपातले वित्तीय दायित्व चुक्ता गर्न उपलब्ध सम्पत्तिको मात्रालाई जनाउँछ।

अघिल्लो आर्थिक वर्षमा यसको दाबी भुक्तानी अनुपात जम्मा ३८ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्ममा ३४ प्रतिशत रहेको छ। समीक्षा अवधिमा कम्पनीको जोखिमांकन बचत र करपछिको मुनाफामा पनि वृद्धि देखिएको छ।

इन्फोमेरिक्सले कम्पनीको चुनौती र दुर्बल पक्षका रुपमा न्यून खुद बीमाशुल्क आम्दानी, तुलनात्मक रुपमा उच्च व्यवस्थापन खर्च, सीमित जोखिम बहन, न्यून खुद धारण अनुपात, अस्थिर नियामकीय प्रावधानलाई औँल्याएको छ।

बढ्दो घरबहाल खर्च, कर्मचारी खर्च, नियामकीय खर्चका कारण खुद बीमाशुल्क आम्दानीको तुलनामा व्यवस्थापकीय खर्च अनुपात बढेको देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा यसको खुद धारण ३६ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७९।८० मा खुद धारण ४० प्रतिशत थियो। हवाई बीमामा खुद धारण अनुपात २ प्रतिशत छ।

जोखिम व्यवस्थापन समितिको कडाइ र न्यून चुक्तापुँजीजस्ता कारणले कम्पनीको व्यवसाय वृद्धिदर अनुपातसमेत कम देखिएको इन्फोमेरिक्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS