IME Life New

यी ५ किसिमका सीपमूलक तालिम सञ्चालन गर्दै सरकार, ७०० जना बढीलाई अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पाँच किसिमको सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (एनएटीएचएम)ले सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो। एनएटीएचएमले ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, बेसिक फुड प्रिपेरेसन (कुक), बेकरी र बारिस्टाको तालिम सञ्चालन गर्नेछ। यी तालिमबाट कुल ७१० जना लाभान्वित हुनेछन्।

Crest

ट्रेकिङ गाइडको तालिम लिन प्लस टु वा सोसरह उत्तीर्ण वा एसईई वा सोसरह उत्तीर्ण गरी दुई वर्ष रजिस्टर्ड ट्रेकिङ एजेन्सीमा काम गरेको अनुभव हुनुपर्नेछ। ट्रेकिङ पोर्टर गाइडको तालिम लिएकाहरुको हकमा लाइसेन्स प्राप्त भएपछि रजिस्टर्ड ट्रेकिङ एजेन्सीमा ४ वर्ष काम गरेको हुनुपर्नेछ।

ट्रेकिङ गाइडको तालिममा ५०० जनालाई समावेश गराइनेछ। तालिम ५ हप्ताको हुनेछ भने तालिम शुल्क ७ हजार रुपैयाँ लाग्नेछ। यसको फाराम भर्ने अन्तिम मिति साउन १६ गतेसम्म र सम्पर्क मिति साउन १८ गते तोकिएको छ। अन्तर्वार्ताबाट छनौट भएका उम्मेदवारलाई भदौ १ गतेबाट तालिम सञ्चालन हुनेछ।

यसैगरी ट्रेकिङ पोर्टरको तालिममा सहभागी हुन कुनै एक अन्तर्राष्ट्रिय भाषा बुझ्ने र सञ्चार गर्न सक्ने आधारभूत सीप भई ट्रेकिङ क्षेत्रमा पोर्टरका रुपमा २ वर्ष काम गरेको तथा एसईई वा सोसरह परीक्षमा समावेश भएको हुनुपर्नेछ। यो तालिम ११० जनालाई प्रदान गरिनेछ। तालिम १५ दिनको हुनेछ भने तालिम शुल्क ३ हजार रुपैयाँ लाग्नेछ। यसको फाराम भर्ने अन्तिम मिति साउन २३ गतेसम्म र सम्पर्क मिति साउन २६ गते (२ बजेपछि) तोकिएको छ। अन्तर्वार्ताबाट छनौट भएका उम्मेदवारलाई भदौ ६ गतेबाट तालिम सञ्चालन हुनेछ।

त्यस्तै कुक, बेकरी र बारिष्टाको तालिम लिन कम्तीमा एसईई वा सोसरह उूत्तीर्ण हुनुपर्नेछ। कुकको तालिममा ४० जना, बेकरीमा ४० जना र बारिष्टामा २० जनालाई सहभागी गराइनेछ। कुकको तालिम ३ महिनाको हुनेछ भने तालिम शुल्क २५ हजार रुपैयाँ लाग्नेछ। बेकरी र बारिष्टको तालिम १– महिनाको हुनेछ भने तालिम शुल्क २०–२० हजार रुपैयाँ लाग्नेछ। यी तीनै किसिमको तालिमका लागि फाराम भर्ने म्याद साउन १४ गतेसम्म रहेको छ भने सम्पर्क मिति साउन १५ गतेलाई तय गरिएको छ। अन्तर्वार्तापछि तालिम साउनको अन्तिम साताबाट सुरु हुनेछ।

बेकरी र बारिष्टमा आवेदकको संख्या कम्तीमा १० जना भएमा मात्र तालिम सञ्चालन हुने एनएटीएचएमले स्पष्ट पारेको छ। फाराम एनएटीएचएमको वेबसाइटबाट डाउनलोड गरेर भर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS