IME Life New

नेपाल लाईफ इन्स्योरेन्सले नयाँ व्यापारबाटै ल्यायो रू १० अर्ब, बनायो रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले नेपालको जीवन बीमा इतिहासमै पहिलो पटक एक वर्षभित्रै १० अर्ब रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गर्न सफल भएको छ।

इन्स्योरेन्सको एजेन्सी तालिम प्रमुख रोजेश बस्नेतका अनुसार, आर्थिक वर्ष २०८१।८२ को बीमा कारोबारको अन्तिम दिन हिजो मंगलबारसम्ममा १० अर्ब रूपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफलता मिलेको हो।

Esewa
Crest

गत आव २०८०।८१ को तुलनामा इन्स्योरेन्सको प्रथम बीमाशुल्क आम्दानी झण्डै २२ प्रतिशतले वृद्धि देखिएको छ। गत आर्थिक वर्ष २०८०।८१ मा इन्स्योरेन्सले ८ अर्ब २२ करोड रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो।

यसअघि आव २०७६।७७ मा प्रथम बीमाशुल्क ९ अर्ब ६१ करोड रूपैयाँ आर्जन गरेको थियो। त्यसयताका वर्षहरूमा ६ देखि ८ अर्ब रूपैयाँ हाराहारीमा सीमित रहेकोमा यो वर्ष पुनः नयाँ व्यवसायवापतको आम्दानीमा लय समाउँदै नयाँ किर्तीमान कायम गर्न सफल भएको हो।

नेपालको जीवन बीमा बजारमा नेपाल लाइफले झण्डै २५ प्रतिशत हिस्सा ओगटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

2%
sad

दु :खी

2%
amazed

अचम्मित

7%
excited

उत्साहित

2%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS