IME Life New

सुदृढ वित्तीय अवस्थासँगै आइएमई लाईफको ‘इस्युअर रेटिङ’ लाई निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी,केयर रेटिङ्गस नेपालले आइएमई लाईफ इन्स्योरेन्सको ‘इस्युअर’ (शेयर जारीकर्ता) रेटिङलाई निरन्तरता दिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०।८१ मा इन्स्योरेन्सको अधिकांश वित्तीय सूचकमा सकारात्मक वृद्धिसँगै रेटिङलाई केयर रेटिङ्गस नेपालले निरन्तरता दिएको हो।

Esewa
Crest

इर्थिक वर्ष २०८०/८१ मा कूल आर्जित बीमाशुल्कमा १३ प्रतिशतले वृद्धि गरेको छ। यो अवधिमा कम्पनीले ४ अर्ब ७४ करोड १० लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ। कम्पनीको यो वृद्धिमा पहिलो वर्षको बीमाशुल्कमा १५ प्रतिशत र नवीकरण बीमाशुल्कमा १४ प्रतिशतको वृद्धिले सहयोग पुगेको छ। यसै अवधिमा बीमा क्षेत्रको औसत वृद्धि १० प्रतिशत मात्र रहेको छ।

बढ्दो एजेन्ट सञ्जाल, बीमालेखको डिजिटल बिक्री र नियन्त्रित व्यतित अनुपातका कारण बीमाशुल्क आम्दानीमा वृद्धि भएको हो। आर्थिक वर्ष २०८०/८१ मा बीमालेख व्यतित अनुपात ७.९६ प्रतिशतमा सीमित रहेको छ।

त्यसैगरी, खुद आर्जित बीमाशुल्क १५ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ पुगेको छ। कम्पनीको रिटेन्सन अनुपात ९६ प्रतिशतमा स्थिर रहेको छ। अर्थात् पहिलो वर्ष जारी गरिएको बीमालेखमध्ये ९७ प्रतिशत बीमालेख नविकरण गरिएका छन्।

कम्पनीको खुद दाबी भुक्तानी १ अर्ब १६ करोड २० लाख रुपैयाँमा नियन्त्रित रहेको छ, जसले गर्दा हानी अनुपातमा सुधार आई २५.६४ प्रतिशतमा झरेको छ ।अघिल्लो वर्ष २७.८९ प्रतिशत थियो।

यसका साथै, कमिशन खर्च घट्दा कमिशन अनुपात र खर्च अनुपातमा पनि सुधार आएको छ। यी अनुपातहरू क्रमशः ९.२९ प्रतिशत र ११.७५ प्रतिशतमा झरेका छन् ।अघिल्लो वर्ष यो क्रमशः ११.७५ प्रतिशत र १६.१७ प्रतिशत थियो ।

यी सबै सुधारका कारण खुद अण्डरराइटिङ नतिजा १९ प्रतिशतले बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। कम्पनीको लगानी आम्दानी पनि ६२ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ।

इन्स्योरेन्सको करअघिको नाफा बढेर ६४ करोड २० लाख रुपैयाँ पुगेको छ।अघिल्लो वर्ष २१ करोड ९० लाख रुपैयाँ थियो। यो वृद्धि जीवन बीमा कोषमा भएको फिर्ता र कम्पनीको समग्र वित्तीय प्रदर्शनमा आएको सुधारका कारण भएको हो।

यसैगरी, चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो ९ महिना मा पनि कम्पनीको कूल आर्जित बीमाशुल्क १३ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन बीमा क्षेत्रको औसत वृद्धिसँग मिल्दोजुल्दो छ। खुद आर्जित बीमाशुल्क १६ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा खुद अण्डरराइटिङ नतिजा १ अर्ब ८२ करोड १० लाख रुपैयाँ पुगेको छ । लगानीमाथिको प्रतिफल १४ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४० लाख रुपैयाँ पुगेको छ। यसले कम्पनीको खुद नाफा ३६ करोड ६० लाख रुपैयाँ पुर्‍याउन सहयोग गरेको छ।

जीवन बीमक बीचको चर्को प्रतिस्पर्धा, सीमित बजार हिस्सा(३.०४ प्रतिशत) र नियामकीय प्रावधानमा हुने परिवर्तनका कारण हुन सक्ने जोखिमलाइ केयर रेटिङ्गसले आइएमई लाईफका लागि चुनाैतीका रूपमा औँल्याएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS