IME Life New

जनशक्ति बढाउँदै बीमकहरु, थप ५६० जनाले पाए रोजगारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुले शाखा विस्तारसँगै जनशक्ति पनि बढाउँदै लगेका छन्।

नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त १४ जीवन बीमक, १४ निर्जीवन बीमक र ७ वटा लघु बीमक कम्पनी सञ्चालनमा छन्। चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ती बीमकको कुल जनशक्ति ४.८० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ११ हजार ६७४ जना प्रत्यक्ष रोजगारीमा रहेको अवस्थामा समीक्षा अवधिसम्म यो संख्या बढेर १२ हजार २३४ पुगेको छ। अर्थात बीमा कम्पनीहरुमा १० महिना थप ५६० जनाले रोजगारी पाएका छन्।

Crest

चालु आर्थिक वर्षको जेठसम्म जीवन बीमकमा कुल ६ हजार १११ र निर्जीवन बीमकमा ६ हजार १२३ जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन्। अघिल्लो वर्ष जेठसम्म जीवन बीमकमा ५ हजार ८२५ र निर्जीवन बीमकमा ५ हजार ८४९ जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका थिए। यो हिसाबले जीवन बीमकको जनशक्ति ४.९१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमकको ४.६८ प्रतिशतले बढेको छ।

बीमा कम्पनीहरुबीच गाभ्ने र गाभिने क्रममा खुम्चिएका बीमकको कार्यालयहरुको संख्या पुनः थपिँदै जान थालेको छ। शाखा सञ्जाल विस्तारमा जीवन र निर्जीवन बीमक दुवै सक्रिय देखिएका छन्।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ११ महिना जेठसम्म बीमकको शाखा संख्या १.१८ प्रतिशतले वृद्धि भएको छ। जीवन बीमकको १८ र निर्जीवन बीमकको १७ वटा शाखा थपिएका छन्। जीवन बीमकको शाखा संख्या जम्मा ०.९८ प्रतिशतले थपिँदा निर्जीवन बीमकको शाखा संख्या १.४९ प्रतिशतले वृद्धि भएको छ।

प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार जेठसम्ममा जीवन बीमकको शाखा संख्या १ हजार ८५० र निर्जीवन बीमकको १ हजार १५७ शाखा कार्यालय सञ्चालनमा छन्। अघिल्लो वर्ष जेठसम्म जीवन बीमकको शाखा संख्या १ हजार ८३२ र निर्जीवन बीमकको १ हजार १४० शाखा कार्यालय सञ्चालनमा थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS