IME Life New

जीवन बीमकको १३%ले बढ्यो नवीकरण बीमाशुल्क आर्जन, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क १३ प्रतिशत बढीले बढेको छ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिना जेठसम्म १४ वटा जीवन बीमा कम्पनीले १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष जेठसम्म कम्पनीहरुले १ खर्ब ६ अर्ब ५ करोड ८० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको नवीकरण बीमाशुल्क १३.११ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको जेठसम्म सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको भने बढोत्तरीको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अग्रस्थानमा रहेको छ।

समीक्षा अवधिसम्म नेपाल लाइफले ३२ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष जेठसम्म नेपाल लाइफले २९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११.८९ प्रतिशत बढेको छ।

समीक्षा अवधिसम्म दोस्रो सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म १४ अर्ब ८३ करोड ९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष जेठसम्म कम्पनीले १३ अर्ब ८२ करोड ५९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क ७.२७ प्रतिशतले बढेको छ।

तेस्रोमा नेसनल लाइफ रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म १३ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यो कम्पनीले ११ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क १८.३६ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको जेठसम्म हिमालयन लाइफले १२ अर्ब ९० करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएको छ। अघिल्लो वर्ष जेठसम्म कम्पनीले १२ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ उठाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क २.४६ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ, एसियन लाइफले ६ अर्ब ७ करोड ४४ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ४० करोड १६ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब २८ करोड ६७ लाख रुपौयाँ र सानिमा रिलायन्स लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ नवीकरण शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नवीकरण शुल्क क्रमशः ४४.८५ प्रतिशत, १४.३५ प्रतिशत, १०.४२ प्रतिशत, १९.३० प्रतिशत, ९.१३ प्रतिशत र १०.१८ प्रतिशतले बढी हो।

जेठसम्म आइएमई लाइफले ३ अर्ब १८ करोड ७४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १५ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब १ करोड ९२ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ३७ करोड २ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नवीकरण बीमाशुल्क आर्जन क्रमशः १६.७६ प्रतिशत, ८.९० प्रतिशत, २३.६८ प्रतिशत र १४.५६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS