IME Life New

यी हुन् हिमालयन लाइफका १३ ठूला शेयरधनी, कसको हिस्सा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १८ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।

सभाले हाल कायम चुक्तापुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ। सोही सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ।

Crest

वार्षिक प्रतिवेदनअनुसार कम्पनीमा १ प्रतिशतभन्दा बढी शेयरधारण गर्ने लगानीकर्ताको संख्या १३ रहेको छ। कम्पनीको सबैभन्दा ठूला लगानीकर्ताका रुपमा लक्ष्मी सनराइज बैंक, राजेन्द्र खेतना र पूजा अग्रवाल खेतना रहेका छन्। लक्ष्मी बैंक र राजेन्द्र खेतानसँग समान कम्पनीको ३९ लाख १३ हजार १९५ कित्ता र पूजा अग्रवाल खेतनासँग ३९ लाख १३ हजार १९४ कित्ता शेयर रहेको छ। जुन कुल शेयरको ४.२८ प्रतिशत हो।

यसैगरी विवेक दुगडसँग कम्पनीको ३१ लाख ५७ हजार २७२ कित्ता शेयर रहेको छ। यो कुल शेयरको ३.४५ प्रतिशतबराबरको रहेको छ।

शेखर गोल्छा र शाहिल अग्रवालसँग कम्पनीको समान २.९७ प्रतिशत शेयर रहेको छ। जसअनुसार उनीहरुले २७ लाख १५ हजार २२१ कित्ता शेयरधारण गरेका छन्।

त्यस्तै मोतीलाल दुगडसँग २६ लाख ४८ हजार ६६१ कित्ता (२.९० प्रतिशत), शुलभ अग्रवालसँग २४ लाख ५७ हजार २७५ कित्ता (२.६९ प्रतिशत), रतनलाल सांघाईसँग १९ लाख ९२ हजार ८३१ कित्ता (२.१८ प्रतिशत), नरेश दुगडसँग १४ लाख १७ हजार ६४५ कित्ता (१.५५ प्रतिशत), विकास दुगडसँग ११ लाख ४३ हजार २६५ कित्ता (१.२५ प्रतिशत), मर्कन्टाइल क्यापिलसँग ११ लाख ३ हजार ७२२ कित्ता (१.२१ प्रतिशत) र गोपी कृष्ण सिकारियासँग ९ लाख ८३ हजार ३१५ कित्ता (१.०८ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS