IME Life New

एशियन लाइफले निकाल्यो हकप्रद शेयरको सूचना, कहिलेसम्म पैसा जम्मा गर्नुपर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशनको सूचना प्रकाशन गरेको छ।

साधारण शेयरधनीका लागि असार २५ गतेदेखि साउन १३ गतेसम्मका लागि हकप्रद शेयर  खुल्ला गरिएको हो । २०८२ जेठ १६ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले २०८१ असार २७ गते जारी गरेको रेटिङ मूल्याङ्कनमा एशियन लाइफलाइ ‘आइआरएन ए माइनस इस्युअर’ रेटिङ प्रदान गरेको थियो। यो रेटिङ असार २५ गतेसम्म मान्य रहनेछ ।

इन्फोमेरिक्सका अनुसार, यस्तो रेटिङ प्राप्त शेयर निष्काशनकर्ता कम्पनीसँग पूर्व निर्धारित समय सीमाभित्रै वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता रहेको अवस्थालाइ जनाउँछ।

हकप्रद शेयरका लागि शेयरधनीले आस्वा अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् । शेयरधनीले मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय, एशियन लाइफ इन्स्योरेन्सबाट दरखास्त फारम संकलन गरेर पनि लिखितरूपमा शेयर आवेदन दर्ता गराउन सक्ने निष्काशन प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ।

रू १०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गरेको हो। शेयर निष्काशन तथा वितरण पछि इन्स्योरेन्सले १ अर्ब ४२ करोड ७९ लाख रूपैयाँ थप चुक्ता पूँजी जुटाउनेछ।

कुल ६ अर्ब रूपैयाँ अधिकृत पूँजी रहेको यो कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रूपैयाँ रहेको छ।

कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८०।८१ को नाफाबाट ५ प्रतिशत बोनश शेयर र नगद लाभांश सहित ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको अब हुने साधारण सभाबाट लाभांश वितरणको प्रस्ताव अनुमोदन पछि शेयरधनीले बोनश शेयर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS