IME Life New

वैदेशिक रोजगारीमा नजाँदै ज्यान गुमाएकाको परिवारले किन पाएनन् क्षतिपूर्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । वैदेशिक रोजगारी म्यादी बीमालेख खरिद गरेपनि बीमालेख जारी गरेको ६ महिनाभित्र रोजगारीमा नगएमा बीमालेख स्वतः निष्कृय हुन्छ। निष्कृय हुने भएकाले बीमालेख जारी भएको ६ महिनासम्म विदेश नजाँदै कुनै दुर्घटनामा परी घाइते, अपाङ्ग वा बीमितको निधन भएको अवस्थामा बीमा दाबी गर्न पाउँदैनन् ।

६ महिना नाघि सक्दा समेत विदेश नगएको र स्वदेशमै निधन भएको बीमितको परिवारजनले गरेको उजुरीको फैसलामा नेपाल बीमा प्राधिकरण(साबिक बीमा समिति) ले  बीमा दाबी नलाग्ने फैसला समेत गरेको छ।

Esewa
Crest

बीमालेख खरिद गरेको ६ महिना नाघि सक्दा समेत गन्तव्य मुलुकमा रोजगारीका लागि नगएको अवस्थामा मृत्यु भएको भन्दै २०७९ साल असार महिना ३१ गते गरेको फैसलामा समितिले बीमितको परिवारजनलाई बीमकले दाबीवापतको रकम भुक्तानी गर्नु नपर्ने आदेश गरेको हो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमित सुधिर कुमार मिश्रको नाममा २०७६ माघ २४ गते १ वर्षे अवधिको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गरेको थियो। विश्वव्यापी रुपमा रहेको कोरोना भाइरसले लकडाउन भई वैदेशिक रोजगारमा जान नपाई स्वदेशमा नै रहेको अवस्थामा मिति २०७७ भदाै ११ मा मिश्रको निधन भयो ।बीमालेख जारी भएको ६ महिना १८ दिनभित्र बीमितको निधन भएको थियो ।

छोराको निधन पछि बीमा दाबीवापतको रकम नपाएको भन्दै उनका पिता शैलेन्द्र मिश्रले २०७८ असार २८ गते बीमा समितिमा उजुरी निवेदन दर्ता गराए।

वैदेशिक रोजगार म्यादी जीवन बीमा निर्देशिकाको सामान्य शर्तको बँदा नम्बर ५ अनुसार “बीमालेख जारी भएको मितिले ६ महिनासम्म स्वदेशमा समेत जोखिमको रक्षावरण हुनेछ । ६ महिना पश्चात बीमित गन्तव्य मुलुक नगई स्वदेशमै रहेको अवस्थामा बीमालेख स्वत: रद्द हुनेछ। यसरी रद्द भएको अवस्थामा बीमितले अनुरोध गरेमा समानुपातिक हिसाबले हुन आउने बीमाशुल्क फिर्ता हुनेछ” भन्ने व्यवस्थालाई रहेको उल्लेख गर्दै बीमक रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले २०७८ साउन ११  गते समितिसमक्ष जिकीर गरेको थियो।

प्राधिकरणले बीमक रिलायबल नेपाल लाइफको जिकीरलाई उचित ठहर्‍याउँदै समितिले बीमालेखको शर्तको आधारमा बीमितको बीमालेख स्वत: रद्द हुने भएकाले निवेदकको माग दाबी अनुसार बीमकको दायित्व उत्पन्न नहुने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS