IME Life New

वैदेशिक रोजगार बीमा व्यवसायः जीवन बीमकले भित्र्याए रु. २.८८ अर्ब, कसको बजार हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म २ अर्ब ८८ करोड रुपैयाँ बढी भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखिएको हो। वैशाखसम्म ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २५ लाख १ हजार ३६८ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर २ अर्ब ८८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

Esewa
Crest

कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा ३४.२१ प्रतिशत देखिएको छ। वैदेशिक रोजगार बीमालेख जारी गरेर यो कम्पनीले चालु आर्थिक वर्षको वैशाखसम्म ९८ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्नेमा एसियन लाइफ रहेको छ। यो बीमालेख बिक्री गरेर कम्पनीले ७६ करोड ४४ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। यो बीमा व्यवसायको कुल व्यापारमा एसियन लाइफको हिस्सा २६.५२ प्रतिशत रहेको छ।

त्यस्तै तेस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीमा आइएमई लाइफ रहेको छ। यो बीमा व्यवसायमा आइएमई लाइफको हिस्सा ७.०५ प्रतिशत रहेको छ। कम्पनीले वैशाखसम्म २० करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेपाल लाइफले २० करोड १ लाख रुपैयाँ (६.९४ प्रतिशत), नेसनल लाइफले १६ करोड ८९ लाख रुपैयाँ (५.८६ प्रतिशत), सानिमा रिलायन्स लाइफले १४ करोड २२ लाख रुपैयाँ (४.९४ प्रतिशत), सूर्यज्योति लाइफले १० करोड २९ लाख रुपैयाँ (३.५७ प्रतिशत), सिटिजन लाइफले १० करोड १४ लाख रुपैयाँ (३.५२ प्रतिशत), रिलायबल नेपाल लाइफले ९ करोड ७७ लाख रुपैयाँ (३.३९ प्रतिशत) र प्रभु महालक्ष्मी लाइफले ९ करोड ३ लाख रुपैयाँ (३.१४ प्रतिशत) कुल बीमा शुल्क आर्जन गरेका छन्।

यसैगरी वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले १ करोड ३५ लाख रुपैयाँ (०.४७ प्रतिशत), हिमालयन लाइफले ६७ लाख ४६ हजार रुपैयाँ (०.२३ प्रतिशत), गार्डियन माइक्रो लाइफले ३८ लाख १४ हजार रुपैयाँ (०.१३ प्रतिशत) र क्रेस्ट माइक्रो लाइफले ८ लाख ८१ हजार रुपैयाँ (०.०३ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS