काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब ३९ अर्ब ३६ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिसम्ममा यी कम्पनीहरुले १ करोड ३७ लाख २८ हजार ३४२ वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३६ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले १७ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १५ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १३ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ८ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ७ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ५ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ४ अर्ब ९८करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ४ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

















