IME Life New

विश्वको बीमा बजार पौन ८ ट्रिलियन डलर माथि, एसियाको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको बीमा बजार पौने ८ ट्रिलियन डलर माथि पुगेको छ।

एलियन्जको ‘ग्लोबल इन्स्योरेन्स रिपोर्ट २०२५ः राइजिङ डिमान्ड फर प्रोटेक्सन’नामक प्रतिवेदनअनुसार विश्वको बीमा बजार वर्ष २०२४ मा ७.८७ ट्रिलियन डलर पुगेको हो। अघिल्लो वर्ष २०२३ को तुलनामा विश्वको बीमा बजार ८.६ प्रतिशतले बढेको छ।

Esewa
Crest

विश्व बीमा बजार बढ्नुमा एसियाको भूमिका पनि महत्वपूर्ण देखिएको छ। एसियाली बजारमा जीवन र स्वास्थ्य बीमाको बढोत्तरी उल्लेख्य रुपमा बढे पनि सम्पत्ति र दुर्घटना बीमा भने खासै प्रगति गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।

सम्पत्ति र दुर्घटना बीमामा बढोत्तरीमा उत्तरी अमेरिकी र पश्चिमी युरोपेली बजारको भूमिका महत्वपूर्ण देखिएको छ। वर्ष २०२४ मा यो सेग्मेन्टमा उत्तरी अमेरिकी बजारको ८.२ प्रतिशत र पश्चिमी युरोपेली बजारको ६ प्रतिशतको बढोत्तरी देखिएको छ।

उता एसियाली बजारको बढोत्तरी भने ४ प्रतिशतमा सीमित बनेको छ। ठूलो जनसंख्याका बाबजुद एसियाली बजार सम्पत्ति तथा दुर्घटना बीमा बजार पश्चिमी युरोपको तुलनामा साना रहेको छ।

जीवन बीमा बजारमा एसियामा चीनले नेतृत्व गरिरहेको छ। चीनमा जीवन बीमा बजारको आकार वर्ष २०२३ तुलनामा २०२४ मा १५.४ प्रतिशतले बढेको छ। चीनको यो बढोत्तरी पश्चिमी युरोपको तुलनामा ७.१ प्रतिशत र विश्व बजारको तुलनामा १०.४ प्रतिशत हो।

एसियामा स्वास्थ्य बीमाको माग दह्रो बन्दै गएको छ। जसका कारण वर्ष २०२४ मा स्वास्थ्य बीमाको प्रिमियम १२.६ प्रतिशतले बढेको छ।

सम्पत्ति र दुर्घटना बीमाको बजारलाई बढाउन एसियाली बजारहरुले बीमाको दायरलाई फराकिलो बढाउँदै उपस्थिति पनि बलियो बनाउनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS