IME Life New

युक्रेनमा एलन मस्कको रुटारलिंकको इन्टरनेट सेवा प्रयोगमा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंकको इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाएको खुलासा गरेका छन्। मस्कले युक्रेनलाई स्टारलिंकको सेवा–सर्तहरु उल्लंघन गरेको आरोप लगाएका छन्।

मस्कले युक्रेनले सैन्य उद्देश्यका लागि सेवा प्रयोग गरिरहेको दाबी गरेका छन्। यद्यपि, उनले अमेरिकी सैन्य–ग्रेड नेटवर्क, ‘स्टारशिल्ड’मा समस्याका लागि आफू जिम्मेवार रहेको अस्वीकार गरे। मस्कको पछिल्लो दाबीप्रति युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि, युक्रेनी राष्ट्रपतिका सल्लाहकार सेर्ही बेस्क्रेस्टनोभले मस्कको पोस्टलाई ‘धेरै अनौठो’ भनेका छन्।

Esewa
Crest

यसअघि मस्कले जानाजानी युक्रेनको इन्टरनेट जडान गतिलाई ढिलो गरेको आरोप अस्वीकार गरेका थिए। युक्रेनले समस्याले एक हप्ताभन्दा बढी समयसम्म यसको रक्षात्मक सैन्य अपरेशनमा बाधा पुर्याएको जनाएको छ।

स्टारलिंक र स्टारसिल्ड इन्टरनेट गति पुनस्र्थापित भएपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्विटरमा पोस्ट गरे र अमेरिकालाई धन्यवाद दिए। उनले भने, ‘यो हाम्रो फ्रन्टलाइन रसद प्रणालीहरुका लागि महत्वपूर्ण छ। यो जेट–सञ्चालित शाहेद ड्रोन आक्रमणहरुविरुद्ध युक्रेनको रक्षाका लागि पनि आवश्यक छ।’

गत हप्ता रुसी तेल पूर्वाधारमा युक्रेनी आक्रमणलाई लिएर अमेरिका र युक्रेनबीच तनाव बढ्दै जाँदा यो विवाद देखिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS