IME Life New

सोल्भेन्सी अनुपातमा रिलायबल नं. १ हुँदा अन्य जीवन बीमकको के छ अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमकहरूमध्ये १४ वटा कम्पनीको गत आर्थिक वर्षको बीमाङ्कीय मूल्याङ्कनका आधारमा निर्धारित सोल्भेन्सी अनुपातको तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले ‘बीमा प्रतिबिम्ब’ नामक मासिक विशेषाङ्कमार्फत् जीवन बीमकको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको हो ।

प्राधिकरणले बैशाख १५ गतेसम्ममा बीमाङ्की मूल्याङ्कन स्वीकृत गरिएका जीवन बीमकको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको हो। यो सूचीमा ३ लघु जीवन बीमकसहित कुल १४ जीवन बीमकमा नाम समावेश छ।

Esewa
Crest

प्राधिकरणका अनुसार आ.व २०८०/८१ को स्वीकृत जोखिममा आधारित बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा जीवन बीमकमध्ये रिलायबल नेपाल लाइफको सोल्भेन्सी अनुपात सर्वाधिक ३.६१ छ। प्राधिकरणले जीवन बीमकका लागि १.३ सोल्भेन्सी अनुपात कायम गरेकोमा यो दोब्बर भन्दा पनि बढी हो। सोल्भेन्सी अनुपात, सिटीजन लाइफको ३.४२ र आइएमइ लाइफको ३.१४ छ।

यसैगरी नेशनल लाइफको सोल्भेन्सी अनुपात सबैभन्दा कम १.३४ छ। यो भनेको प्राधिकरणले तोकेको न्यूनत्तम सीमाको नजिक हो। पछिल्लो समयमा नेशनल लाइफले कार्यालय भवन र व्यवसायीक प्रयोजनका लागि समेत ठूला भवन पूर्वाधारमा लगानी बढाएकाले पनि यसको वित्तीय तरलतामा संकुचन देखिएको छ।

लघु जीवन बीमकको लागि १.५ अनुपात तोकिएकोमा तीनवटै लघु जीवन बीमकको अनुपात २.० नजिक छ। लिबर्टी माइक्रो लाइफको २.०, गार्डियन र क्रेष्ट माइक्रो लाइफको १.९७ अनुपात छ।

श्रोतः नेपाल बीमा प्राधिकरण

प्राधिकरणका अनुसार गत आर्थिक वर्षसम्मको बीमाङ्की मूल्याङ्कनका आधारमा सबै जीवन बीमक(लघुसमेत) संभावित वित्तीय दायीत्व पुरा गर्न सक्षम देखिएका छन् ।

प्राधिकरणले सोल्भेन्सी अनुपात १.३ तोक्नुको अर्थ १ रूपैयाँ दायीत्व चुक्ता गर्नका लागि बीमकसँग कम्तीमा १ रूपैयाँ ३० पैसा बराबरको वित्तीय सम्पत्ती उपलब्ध छ।

जीवन बीमको लागि सोल्भेन्सीले यसको दीर्घकालीन दायीत्वहरू, विशेषतः बीमितहरूमाथिको दायीत्व, आफ्नै सम्पत्तिबाट चुक्ता गर्न सक्ने क्षमतालाई दर्शाउँछ। यो कुनै पनि कम्पनीको वित्तीय स्वास्थ्य र यसको वासलातको सबलताको मूल्याङ्कन गर्न प्रयोग गरिने एक महत्त्वपूर्ण वित्तीय मापक हो। उच्च अनुपातले बलियो वित्तीय स्थिति र अप्रत्याशित नोक्सानी व्यहोर्न र भविष्यका दायीत्वहरू पुरा गर्ने बलियो क्षमतालाई संकेत गर्छ।

यो किन महत्त्वपूर्ण छ:
बीमितहरूका लागि: उच्च अनुपातले कम्पनीले दाबीहरू उत्पन्न हुँदा तत्कालै भुक्तानी गर्न सक्षम हुनेछ भन्ने आश्वासन दिलाउँछ।

नियामकहरूका लागि: सोल्भेन्सी अनुपातले नियामकहरूलाई बीमा कम्पनीहरूको वित्तीय स्वास्थ्यको निगरानी गर्न र सम्भावित दिवालियापन रोक्न मद्दत गर्दछ।

लगानीकर्ताहरूका लागि: धितो अनुपात कम्पनीको वित्तीय स्थिरताको प्रमुख सूचक हो, जसले लगानी सम्बन्धित निर्णयहरूलाई असर गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS